Author: Bihanipatra

काठमाडौं । आफूलाई जेन-जी आन्दोलनको अगुवा दावी गर्ने सुदन गुरुङले आगामी निर्वाचनमा परम्परागत दलका नेताहरूलाई घरबाट बाहिर निस्कन नदिने बताएका छन्। आज रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो घोषणा गरेका हुन्। पत्रकारले उनलाई सोधेका थिए, “तपाईंहरूको आ’न्दोलनले के उपलब्धि हासिल गर्‍यो? फेरि पनि ६ महिनापछि तिनै दल आउँछन् नि।” गुरुङले जवाफमा भने, “हामी फेरि आन्दोलन गर्छौं। उनीहरूलाई आउनै दिँदैनौं। घरबाट बाहिर निस्कनै दिँदैनौं। म निस्कन दिन्नँ।” उनले निकै आक्रोशित भएर जवाफ दिएपछि केही पत्रकार, आन्दोलनमा घाइते तथा मृतकका आफन्त र अभियन्ताबीच विवाद सुरु भएकाे थियाे । त्यसपछि पत्रकार सम्मेलन नै बिथोलिएर कुटाकुट भयाे ।

Read More

काठमाडौँ । नेकपा माओवादी केन्द्रले जेनजी पुस्ताको प्रदर्शनमा भएको आगजनी र तोडफोडमा पार्टीका कार्यकर्ताहरूको संलग्नता नरहेको दावी गरेको छ । आइतबार पार्टीका उपाध्यक्ष अग्नि सापकोटाले प्रेस विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् । उनले आधारहीन हल्ला फैलाएर पार्टी तथा आन्दोलनलाई कमजोर बनाउनेप्रति सचेत रहँदै यस प्रकारका दुष्प्रचारबाट भ्रममा नपर्न आग्रह समेत गरिएको छ । उल्लेखित गतिविधिमा पार्टीसँग सम्बन्धित कोही कसैको संलग्नता देखिए कडा भन्दा कडा कारबाही गर्न तयार रहेको उल्लेख गर्दै तथ्य र प्रमाण फेला परे सख्त कारबाही गर्न सरकारसमक्ष आग्रह समेत गरेको छ ।

Read More

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई नियुक्त गरेका छन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले आइतबार वरिष्ठ अधिवक्ता भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गरेको हो । भण्डारी नेपालको पहिलो महिला महान्यायाधिवक्तासमेत बनेकी छिन् । पहिलो महिला प्रधानमन्त्रीको इतिहास रचेकी कार्कीले महान्यायाधिवक्तामा पनि महिला नै नियुक्त गरेकी हुन्। आजै महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिएका थिए । नवनियुक्त महान्यायाधिवक्ता भण्डारी सूचना आयोगकी पूर्वआयुक्त पनि हुन्।

Read More

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनको क्रममा भएको आगजनी र तोडफोडका घटना सुनियोजित हुन सक्ने बताएकी छन् । आइतबार सिंहदरबारमा पदभार ग्रहणपछि कर्मचारी, सुरक्षाकर्मीलगायतलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन् । ‘मान्छेले ज्यान मार्छ, भवनहरु लुट्ला, भत्काउला बेग्लै कुरा हो । तर यो घटना त मलाई लाग्छ यो देशमा पहिलो चोटी भएको हो,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘यस किसिमले हाम्रा संस्थाहरु, यस्तो अनुहार देखाउन नसक्ने अवस्थामा पुर्‍याएको छ । मलाई त जहाँसम्म लाग्छ, यो एउटा प्लान वेमा, षडयन्त्रै भएको हो कि भन्ने लाग्छ ।’ उनले यसबारे अनुसन्धान हुने र कारबाही हुने बताइन् । उनले सिंहदरबार, संसद भवन, सर्वोच्च…

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेता एवम् पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोडेकी छन् । सुमनाले ग्रुपमा आफूमाथि मिडिया ट्रायल गरेको,आफ्ना कुराहरू पार्टीले सुनुवाइ नगरेको र पार्टीमा काम गर्ने अवस्था नभएको भन्दै पार्टी छोडेको घोषणा गरेकी हुन् । रास्वपा छोडेको जानकारी दिँदै उनले भनिन् ,’ अब खुल्लारुपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला । मैले पार्टी छाँडे ।’ पार्टीभित्र आलोचना गर्नेविरुद्ध मिडिया ट्रायल गरेर दुस्ख दिने र सबैभन्दा माथि नेतालाई राख्ने गरिएको उनको भनाइ छ । ‘जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेलादेखि नै…

Read More

काठमाडौँ। नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकोमा सुशीला कार्कीलाई चीनले बधाई दिएको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताले सेप्टेम्बर १२ मा नेपालको प्रधानमन्त्रीको शपथ लिएकी कार्कीलाई बधाई दिँदै यस्तो टिप्पणी गरेका हुन्। प्रवक्तालाई ‘सेप्टेम्बर १२ मा नेपालकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले देशको अन्तरिम प्रधानमन्त्रीको रूपमा शपथ लिनुभएको छ। यसमा चीनको के भनाइ छ?’ भनेर प्रश्न गरिएको थियो । जवाफमा उनले चीनले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री बनेकोमा सुशीला कार्कीलाई बधाई ज्ञापन गरेको बताए । उनले भने, ‘चीन र नेपालबिच लामो समयदेखिको मित्रता छ। चीनले सधैँझैँ नेपालका जनताले स्वतन्त्र रूपमा रोजेको विकासको मार्गलाई सम्मान गर्दछ। हामी शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तलाई अगाडि बढाउन, विभिन्न…

Read More

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक रेशम चौधरीले पार्टी छोडेका छन् । सामाजिक सञ्जालमार्फत उनले आफूले पार्टी छोडेको घोषणा गरेका हुन् । उनले नयाँ पार्टी घोषणा गरेका छन् । नागरिक उन्मुक्ति पार्टी, नेपाल घोषणा गरेका हुन् । टीकापुर घटनापछि भूमिगत रुपमा भारी मतले चुनाव जितेका रेशमले पछि आफैं संरक्षण भएर पार्टी खोलेका थिए । पछिल्लो समय विभिन्न राजनीतिक मुद्दाहरुमा श्रीमतीसमेत रहेकी पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठसँग उनको विवाद बढिरहेको थियो ।

Read More

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने नख्खु कारागार फर्किएका छन् । रास्वपा नेता प्रमोद न्यौपानेले दिएको जानकारी अनुसार कागजी प्रक्रिया पूरा भएसँगै लामिछाने कारागारमा बस्न थालेका छन् । जेनजी प्रदर्शन उग्र बनेपछि लामिछाने नख्खु कारागारबाट बाहिरिएका थिए । शनिबार दिउँसो आफू कारागार फर्किन लागेको फेसबुकमार्फत जानकारी दिएका थिए । त्यसपछि उनी अपराह्न ५ बजेतिर कारागार पुगेका थिए ।

Read More

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नव नियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाइ दिएका छन् । मणिपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री मोदीले कार्की प्रधानमन्त्री हुनु महिला सशक्तीकरणको उदाहरण भएको बताए । ‘मलाई विश्वास छ नेपालमा शान्ति, स्थिरता र समृद्धिको मार्ग प्रशस्त गर्नु हुनेछ । नेपालको पहिलो महिला प्रधानमन्त्रीका रुपमा सुशीलाजी आउनु महिला सशक्तीकरणको महत्वपूर्ण उदाहरण हो,’ मोदीले भनेका छन्, ‘आज नेपालका यस्ता हरेक व्यक्तिको सह्राना गर्छु, जसले यो अस्थिरताको माहोलमा पनि लोकतान्त्रिक मूल्यलाई सर्वोपरी राखेका छन् ।’ यस्तो छ, मोदीको भनाइ: हिमालयको काखमा रहेको नेपाल भारतको एक मित्र हुन् । हामी साझा इतिहासबाट जोडिएका छौं, आस्थाले जोडिएका छौं ।…

Read More

काठमाडौँ । भदौं २३ र २४ गते जेन-जी आन्दोलनका क्रममा भाटभाटेनी सुपरमार्केटबाट सामान चोरीमा संलग्न एकजना शिक्षकको जागिर गएको छ । रुपन्देही १० बुटवल स्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयका शिक्षक शिवशङ्कर शुक्लाको जागिर गएको हो । विद्यालयका प्रधानध्यापक दिनेश थापाले आज एक पत्र सार्वजनिक गर्दै शिक्षक शुक्ला बुटवलको सुख्खानगर स्थित भाटभटेनी सुपर मार्केटमा भएको अनियमिततामा समेत संलग्न रहेको देखिएकाले विद्यालयको आचरण संहिता तथा नियम विपरित कार्य गरेको ठहरिएकाले हटाइएको जनाएको छ । शिक्षक शुक्लाले २४ गते भएको भाटभटेनीमा आगजनी तथा तोडफोडका क्रममा आइक्रिम लिएर हिडेँका थिए ।  ”मिति २०८२ साल भदौ २४ गते भएको Gen-Z को प्रदर्शनमा यस विद्यालयका शिक्षकशिवशङ्कर…

Read More