ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने नख्खु कारागार फर्किएका छन् । रास्वपा नेता प्रमोद न्यौपानेले दिएको जानकारी अनुसार कागजी प्रक्रिया पूरा भएसँगै लामिछाने कारागारमा बस्न थालेका छन् ।
जेनजी प्रदर्शन उग्र बनेपछि लामिछाने नख्खु कारागारबाट बाहिरिएका थिए ।

शनिबार दिउँसो आफू कारागार फर्किन लागेको फेसबुकमार्फत जानकारी दिएका थिए । त्यसपछि उनी अपराह्न ५ बजेतिर कारागार पुगेका थिए ।






