रामेछाप । नेपाल मगर संघ मन्थली नगर समितिको दोस्रो अधिवेशनबाट गुणा बहादुर थापा मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ। अधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गर्दै आगामी कार्यकालका लागि जिम्मेवारी हस्तान्तरण गरेको हो।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सुनिता मगर, सचिवमा गजेन्द्र आले मगर, कोषाध्यक्षमा तेज बहादुर थापा मगर तथा सहसचिवमा नवराज मगर चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा सरिता थापा मगर, ठेक बहादुर पुलामी मगर, झनमाया पुलामी मगर र उज्वल थापा मगर चयन भएका छन्।

नवनिर्वाचित अध्यक्ष थापा मगरले संगठनलाई थप सशक्त र एकताबद्ध बनाउँदै सामुदायिक विकासमा योगदान गर्ने प्रतिबद्धता जनाएका छन्।






