काठमाडौं, जेठ ३० । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति सभापतिमा कास्कीका नवीन त्रिपाठी विजयी भएका छन् । रास्वपाको शुक्रबारदेखी पोखरामा प्रथम अधिवेशन सुरु भएको थियो । नयाँ नेतृत्वका लागि शुक्रबार राति भएको मतदानको आज बिहान सम्पन्न मतगणनामा त्रिपाठीले २३४ मत ल्याएर विजयी भएका हुन् । उनी प्रदेश समितिको निर्वतमान महामन्त्री समेत हुन्। सभापतिका प्रत्याशीहरू निर्वतमान सभापति एवं प्रतिनिधिसभाका सांसद राजन गौतमले १८२, माधव कँडेलले ११ र डा हरि कार्कीले २ मत प्राप्त गरे। रास्वपाको विधानमा सभापति निर्वाचित हुन कुल मतदानको ५१ प्रतिशत मत पाउनुपर्ने व्यवस्था छ । त्रिपाठीले पहिलो चरणमै उक्त मत पाएर निर्वाचित भएको निर्वाचन समितिका…
Author: Bihanipatra
काठमाडौ । तामाङ सेलो गायक अमर बिरही थीङको `रोशिम स्योङ्री चाम´ बोलको गीत सार्वजनिक भएको छ । शुक्रबार गायकको आफ्नै असिफियल युट्युव च्यानल `अमर बिरही अफिसियल´ नामक च्यानलबाट सार्वजनिक गरिएको हो । शब्द र संगीत गायक थीङकै रहेको छ भने उनलाई चर्चित तामाङ सेलो गायिका सुमिना लो तामाङले स्वरमा साथमा दिएकी छन् । जोगलाल लामाले एरेन्ज गरेको गीतलाई अर्पन थीङ तामाङले मिक्सिङ गरेका छन् । गायक थीङले यसअघि `प्राङ्बोला ल्हुई ´, `शंकालु जोडी´ , `ग्रेन आसेङला जामे´, `मरिन सिन्धुली´,`डम्फु त बजाई आम्मैले´ जस्ता चर्चित गीतहरु बजारमा ल्याइसकेका छन् ।
रामेछाप । नेपाल मगर संघ मन्थली नगर समितिको दोस्रो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनबाट गुणा बहादुर थापा मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सुनिता मगर, सचिवमा गजेन्द्र आले मगर, कोषाध्यक्षमा तेज बहादुर थापा मगर तथा सहसचिवमा नवराज मगर चयन भएका छन्। सदस्यहरूमा सरिता थापा मगर, ठेक बहादुर पुलामी मगर, झनमाया पुलामी मगर र उज्वल थापा मगर चयन भएका छन्। अधिवेशनमा विभिन्न वक्ताहरूले मगर समुदायको विकास, पहिचान र संगठन सुदृढीकरणका विषयमा आफ्ना धारणा राखेका थिए। नेपाल मगर संघ मन्थली काठमाडौं सम्पर्क समितिका अध्यक्ष गेहेन्द्र रानामगरले मन्थली नगरलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिने उल्लेख गर्दै…
रामेछाप । नेपाल मगर संघ मन्थली नगर समितिको दोस्रो अधिवेशनबाट गुणा बहादुर थापा मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ। अधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गर्दै आगामी कार्यकालका लागि जिम्मेवारी हस्तान्तरण गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सुनिता मगर, सचिवमा गजेन्द्र आले मगर, कोषाध्यक्षमा तेज बहादुर थापा मगर तथा सहसचिवमा नवराज मगर चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा सरिता थापा मगर, ठेक बहादुर पुलामी मगर, झनमाया पुलामी मगर र उज्वल थापा मगर चयन भएका छन्। नवनिर्वाचित अध्यक्ष थापा मगरले संगठनलाई थप सशक्त र एकताबद्ध बनाउँदै सामुदायिक विकासमा योगदान गर्ने प्रतिबद्धता जनाएका छन्।
काठमाडौं । रामेछापमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. कृष्णहरि बुढाथोकी विजयी भएका छन्। २४ हजार ८०८ मत ल्याएर बुढाथोकीले जित हात पारेका हुन्। बुढाथोकी ७ हजार एक सय ९९ मतान्तर सहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका माधवप्रसाद ढुङ्गेलले १७ हजार ६०९ मत ल्याए। तेस्रो स्थानमा रहेका कांग्रेसका रामचन्द्र खड्काले १६ हजार ३०७ मत पाउँदा नेकपामा श्यामकुमार श्रेष्ठले १३ हजार ३५४ मत पाएका छन्।
मन्थली । हुलाक सेवा विभागले मन्थलीमा हुलाक सेवा सम्बन्धि स्थानीय तह,सन्चारकर्मी र विद्यार्थीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे छ । आइतबार भएको अन्तरक्रिया कार्यक्रममा हुलाक सेवा विभागका प्रमुख लिलाराज पाैडेलले हुलाक सेवा विभाग र जिल्ला हुलाक कार्यालयकाे काम र कर्तब्यका बारेमा जानकारी दिएका थिए । कार्यक्रमका अवसरमा सहभागिहरूले जिल्ला हुलाक कार्यालय मार्फत चिठिपत्र ओसारपसार र वितरण प्रक्रियामा हुने गरेकाे ढिलाई, कुरियर सेवा सँग हुलाक सेवा ले गर्न नसकेकाे प्रतिस्पर्धा लगाएत हुलाककाे कमि कमजाेरीका बारेमा जिज्ञासा राखेका थिए । ती सबै जिज्ञासाकाे वारेमा निर्देशक पाैडेलले जवाफ दिइएको थियाे ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री र मुख्यमन्त्री २ पटकभन्दा बढी बन्न नपाउने व्यवस्था गर्ने बताएका छन् । बिहीबार पार्टीको चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्दै सभापति थापाले नयाँ योजनाबारे सुनाएका हुन् । उनले अब कांग्रेसले संवैधानिक आयोग, विश्व विद्यालयलगायतमा दलीय भागबन्डा नखोज्ने बताए । उनले ५ वर्षभित्र नेपाललाई भ्रष्टाचारमुक्त बनाउने संकल्प गरे । ०४८ सालपछि सार्वजनिक ओहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्ने प्रस्ताव अघि सारे । संघ सरकारमा १६, प्रदेशमा ६ वटा मन्त्रालयको सीमा तोक्ने थापाले बताए । गठबन्धन मिलाउनुपर्यो भन्दै मन्त्रालय बढाउन नपाइने बताए ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसले कुनै पनि नियुक्तिमा भाग नलिने प्रतिज्ञा गरेका छन् । चुनावी प्रतिज्ञा पत्र सार्वजनिक र त्यसबारे प्रश्नोत्तर कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले कुनै पनि नियुक्तिमा दल होइन, अब्बल भन्ने नारा आत्मसाथ गर्ने बताएका हुन् । ‘कुनै पनि नियुक्तिमा दल होइन अब्बल ।कांग्रेस संवैधानिक आयोगमा, विश्व विद्यालयमा भाग लिन गयो भन्ने कुरा सुन्नुपर्ने छैन,’ उनले भने, ‘संस्थागत सुधार नगरी केही कुरा सम्भव छैन ।’ उनले विगत लामो समयदेखि सरकारमा रहेकाहरूको सम्पत्ति छानबिनका लागि आयोग गठन गर्ने योजना रहेको पनि सुनाए ।
रामेछाप। रामेछापबाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका उम्मेदवार माधव ढुङ्गेल मतदाता भेटघाट अभियानमा तीव्र लागेका छन्। जिल्लामा प्रतिनिधि सभाको एक मात्र निर्वाचन क्षेत्र रहेको रामेछापमा एमालेले आन्तरिक मतदातासँग प्रत्यक्ष भेटघाट कार्यक्रमलाई तीव्र रुपमा अगाडी बढाएको हो । उम्मेदवार ढुङ्गेलले आफूले झुटा आश्वासन नदिने तर सकेको काम निरन्तर गर्ने मतदातासँग प्रतिबद्धता व्यक्त गरेका छन् । उनले आफू जहिले पनि मतदाताको साथमा रहने बताएका छन् । उम्मेदवार ढुँगेल एमालेकाे बाैद्धीक नेतृत्वमा समेत गनिन्छन् ।
रामेछाप । मन्थली नगरपालिका वडा नम्बर -१० चनखुमा ` सोनाम ल्होछार विशेष शुभकामना आदानप्रदान साथमा छ्योर्तेन ह्राप्ने कार्यक्रम ´ हुने भएको छ । “तामाङ भाषा,कला धर्म र संस्कृति हाम्रो पहिचान ,यसको संरक्षण र प्रवर्द्धन गर्ने हाम्रो अभियान ” भन्ने मुल नाराको साथमा ह्याङ्ला ह्युल सामुदायिक संस्थाले गर्दै आइरहेको ल्होछार कार्यक्रम यसपटक माघ ७ गते गर्न लागेको संस्थाको अध्यक्ष कुलमान योन्जनले जानकारी दिए । तामाङको १२ वटा वर्गमा प्रत्येक बर्षमा एउटा वर्गलाई विदाई गर्दै अर्कोलाई स्वागत गरेर सोनाम ल्होछार मान्ने गरेको छ । यसपटक गडुल वर्गलाई विदाई गर्दै घोडा वर्गलाई स्वागत गरेर कार्यक्रम गर्न लागेको आयोजक संस्थाले बताएको छ । यसपटक…



