वासिङ्टन डीसी । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्ला इंकका शेयरधनीहरूले कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कलाई १० खर्ब डलरको तलब प्याकेज दिने योजना स्वीकृत गरेका छन् । बिहीबार बसेको कम्पनीको वार्षिक साधारण सभामा ७५ प्रतिशत शेयरधनीले यो प्याकेजको पक्षमा मतदान गरेका थिए । यो कर्पोरेट सीईओको लागि अहिलेसम्मकै सबैभन्दा ठुलो तलब प्याकेज हो । मस्क यस अघि नै विश्वकै सबैभन्दा धनी व्यक्ति हुन् । विगत केही दिनदेखि कम्पनीको सञ्चालक समिति, मस्क र खुद्रा लगानीकर्ताहरूले मस्कको तलब प्याकेजलाई १० खर्ब डलर पुर्याउन अभियान चलाइएको थियो । यो तलब प्याकेज पाउन मस्कले टेस्लाको बजार मूल्य बढाउने, सुस्ताएको कार विक्रीलाई…
Author: Bihanipatra
न्युयोर्क। अमेरिकाको सबैभन्दा ठुलो सहर न्युयोर्कको मेयरमा निर्वाचित जोहरान ममदानी नेपाली रेस्टुरेन्टमा मो:मो खान पुगेका छन् । मेयर पदमा निर्वाचित भएलगत्तै उनी सांसद अलेक्सान्ड्रिया ओकासियो कर्टेजसँग ज्याक्सन हाइटस्थित लालीगुराँस बिस्ट्रो पुगेका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेयर-निर्वाचितको रूपमा पहिलो व्यस्त दिन: बिहानै अन्तर्वार्ताहरू, सङ्क्रमणकालीन घोषणाहरू र बैठकहरू। यी सबैको बारेमा भोलि थप भन्नेछु। तर यसको एउटा उत्कृष्ट क्षण ज्याक्सन हाइट्सको लालीगुराँस बिस्ट्रोमा मेरी कंग्रेसवुमन कर्टेजसँगको दिउँसोको खाना थियो।’ ३४ वर्षीय मदानी मामदानी न्युयोर्कको नेतृत्व गर्ने पहिलो मुस्लिम, पहिलो दक्षिण एसियाली मूलका व्यक्ति र अफ्रिकामा जन्मेका पहिलो व्यक्ति बनेका छन्।
काठमाडौं । रामकुमारी झाँक्रीले एकीकृत समाजवादी पार्टी सँगको यात्रा टुंगिएको बताएकी छन् । आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एकीकृत समाजवादीकी संस्थापक नेता समेत रहेकी झाँक्रीले पार्टी विघटनमा गएको र आफूहरुको यात्रा पनि टुंगिएको बताएकी हुन् । आज आफ्ना धारणा सार्वजनिक गर्ने क्रममा आयोजित पत्रकार सम्मेलनमा झाँक्रीले नेकपा एमालेसँग अलग भएर एकीकृत समाजवादी गठन गर्दैगर्दा अभियान भयंकर हुने लागेको तर त्यो सम्भावना समाप्त भएको बताइन् । ‘नेकपा एकीकृत समाजवादी निर्माणका प्रारम्भका दिनहरुमा हामी एउटा भयंकर नै अभियान चल्छ भन्ने विश्वासका साथ लागेका थियौं । त्यो अब समाप्त भएको छ,’ उनले भनिन्, ‘हाम्रो समाजवादी पार्टीसँगको यात्रा, त्यो पार्टी विघटनसँगसँगै टुंगियो ।’
काठमाडौँ । राजदूत फिर्ताको विषयमा सर्वोच्चको आदेश उल्लङ्घन गरेको भन्दै पेस भएको अदालतको अवहेलना सम्बन्धी निवेदन सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गरेको छ । सर्वोच्चको आदेशको विरुद्ध भएको पत्राचारले अदालतको अवहेलना भएको दाबी सहित अधिवक्ताहरू अनन्तराज लुइँटेल, प्रतिभा उप्रेती, विशाल थापाले एउटा र लक्ष्मी प्रसाद रेग्मी र सुनिल भट्टराईले छुट्टाछुट्टै गरी ३ वटा अवहेलनाका निवेदन आजै पेस भएका थिए । प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई अवहेलनामा सजाय गर्न माग गरिएको छ । मुद्दा पेस गरेका हौँ । तर जेनजी आन्दोलनका कारण रिट बाहेकका निवेदन दर्ता नहुने सर्वोच्चको नीति भएकोले दर्ता गर्न मिलेन भन्दै हामीलाई फर्काइएको छ’, अधिवक्ता अनन्तराज लुइँटेलले बताए । सर्वोच्च…
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग नेपालका लागि गणतन्त्र कोरिया (दक्षिण कोरिया)का राजदूत पार्क तइ योङले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा नेपाल तथा गणतन्त्र दक्षिण कोरियाबीचको द्विपक्षीय ऐतिहासिक सम्बन्ध, द्विपक्षीय सहकार्य तथा वर्तमान अवस्था र नेपाल सरकारका प्रथमिकताका सम्बन्धमा छलफल भएको सञ्चारमन्त्री खरेलको सचिवालयले जनाएको छ । भेटमा सञ्चारमन्त्री खरेलले नेपाल र दक्षिण कोरियाबीचको सम्बन्ध, नेपालमा दक्षिण कोरियाको सहयोगमा सञ्चालित विकास आयोजनालगायत नेपालमा डाटा सेन्टरको स्थापनामा पुर्याएको सहयोगका लागि आभारसमेत व्यक्त गरे । यसका साथै मन्त्री खरेलले नेपालको विद्यमान परिस्थितिको साथै स्वतन्त्र तथा निष्पक्ष रूपमा निर्वाचनलाई सम्पन्न गर्ने, भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन सरकारको…
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले आफूले राजीनामा दिन लागेको कुरामा सत्यता नरहेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै उनले आफू तीन मन्त्रालयको जिम्मेवारीमा रहेको र निरन्तर काम गरिरहेको पनि उल्लेख गरेका छन् । ‘पदबाट राजीनामा दिनका लागेको भन्ने समाचारमा सत्यता नरहेको प्रष्ट पार्न चाहान्छु’ उनलेका भनेका छन्,’जेन(जी पुस्ताको ऐतिहासिक आन्दोलनपछि विषम परिस्थितिमा बनेको यो सरकार जनताको आशा र विश्वास पूरा गर्न प्रतिबद्ध छ । तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै, म निरन्तर रूपमा आन्दोलनले दिएको जनादेश र विश्वास पूरा गर्न क्रियाशील छु ।’
मेरुदण्ड भएका सबै जनावरहरूमा हाई गर्ने वा हाईसँग मिल्दोजुल्दो व्यवहार गर्ने चलन छ। सामाजिक रुपमा बबुनहरूदेखि लिएर एकान्तमा बस्ने ओराङगुटानसम्म, सुगादेखि पेन्गुइन र गोहीसम्मले पनि हाई गर्छन् । हालसम्म, हाई गर्नुको उद्देश्य स्पष्ट थिएन र यस विषयमा वैज्ञानिकहरूबिच अझै पनि विवाद छ। अक्सिजनको कमीको परिकल्पना गलतधेरै मानिसहरूलाई किन हाई आउँछ भनेर सोध्दा, उनीहरूको जवाफ हुन्छ— यसले सास फेर्न वा रगतमा अक्सिजन बढाउन मद्दत गर्छ। जोन्स हप्किन्स विश्वविद्यालयका व्यवहारिक जीवविज्ञानका प्राध्यापक एन्ड्रयू ग्यालप भन्छन्, ‘यो अनुमान सहज लाग्छ किनभने हाई गर्दा गहिरो सास लिने प्रक्रिया स्पष्ट देखिन्छ।’ तर, उनी थप्छन्, ‘धेरै मानिसहरूलाई थाहा छैन कि यो परिकल्पनाको स्पष्ट परीक्षण गरिएको छ…
काठमाडौँ । सरकारले चालू वर्षको लागि निर्धारण गरेको कार्यालय समय अनुसार आजदेखि कार्यालय समय घट्ने भएको छ । कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ । अन्य समयमा भने बेलुकी ५ बजेसम्म कार्यालय समय रहँदै आएको छ । शुक्रबारको दिन भने दिउँसो ३ बजेको समय यथावत् रहनेछ ।
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा जारी जेनजी र दलहरूसँगको छलफलमा एकपटकमात्रै छलफलले नहुने भन्दै निरन्तर संवादमा जोडिन आग्रह गरेकी छिन् । बुधबार सरकार, राजनीतिक दल र जेन-जी प्रतिनिधिहरूबीच भएको त्रिपक्षीय वार्तामा उनले मुलुक बनाउने जिम्मेवारी सबैको भएको भन्दै निरन्तर संवादको आवश्यकता रहेकोमा जोड दिइन्। वार्ताको सुरुवातमा प्रधानमन्त्री कार्कीले सबै पक्षलाई खुला रूपमा आफ्ना विचार राख्न आह्वान गरेकी थिइन्। ‘मुलुक हाम्रो हो, हामीले नै बनाउने हो। हामीले नबनाए कसैले बनाइदिँदैन,’ उनले भनिन्, ‘एकपटकको कुराकानीले मात्र हुँदैन, यो निरन्तर हुनुपर्छ। हामीले संवादको सुरुवात गरेका छौँ।’ ‘जेन-जीहरूको मुख्य जोड चुनाव चाहिएको छ, गर्नुपर्छ, तर चुनाव चुनाव भनेर मात्र हुँदैन,’ प्रधानमन्त्रीले भनिन्, ‘हाम्रो…
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुन लागेको निर्वाचनलाई एक राष्ट्रिय अनुष्ठानका रूपमा ग्रहण गर्न आह्वान गरेकी छन् ।प्रधानमन्त्री कार्कीले सूर्यको आराधना साथ मनाइने महान्पर्व छठको अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उक्त आह्वान गरेकी हुन् । शुभकामना सन्देशमा भनिएको छ, ‘आगामी निर्वाचनलाई पनि एक राष्ट्रिय अनुष्ठानका रूपमा ग्रहण गरी त्यसमा सहभागी हुन र सफल बनाउन सबै पक्षलाई आह्वान गर्दछु ।‘ जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई सामान्यीकरण गर्दै आउँदो फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्नुपर्ने दायित्व भएको र सबै पक्षले परिस्थितिको संवेदनशीलता र आ–आफ्नो जिम्मेवारीको बोध गर्दै निर्वाचन सफल पार्न जुट्नुपर्ने बेला भएको सन्देशमा छ । ‘सडक…



