Author: Bihanipatra

क्वाललम्पुर । अमेरिका र चीनले सम्भावित व्यापार सम्झौताको आधारभूत सहमति गरेका छन् । यो सहमति दुई देशका नेताहरूबिच यसै साता हुने भेटवार्तामा छलफल गरिने अमेरिकी ट्रेजरी सेक्रेटरी स्कट बेसेन्टले बताएका छन् । बेसेन्टले बीबीसीको अमेरिकी समाचार साझेदार सीबीएस लाई बताएअनुसार यो सहमतिमा टिकटकको अमेरिकी सञ्चालनसम्बन्धी ‘अन्तिम सम्झौता’ र चीनले कडा पारेको दुर्लभ खनिज नियन्त्रण लाई स्थगित गर्ने विषय समावेश छ । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिएको चिनियाँ सामानमाथिको १०० प्रतिशत कर ट्यारिफ लागू नहुने अपेक्षा गरेको पनि बताएका छन् । यसको बदलामा चीनले अमेरिकासँग पर्याप्त मात्रामा भटमास खरिद पुनः सुरु गर्नेछ । विश्वका यी दुई ठुला अर्थतन्त्रहरूबिचको व्यापार…

Read More

काठमाडौं। नेकपा एमालेको संगठन विभागका सचिव माधव ढुंगेलले नयाँ पुस्तालाई व्यस्त बनाउन सहरका चोक-चोकमा साँझको समयमा कन्सर्ट गर्नुपर्ने बताएका छन् । एमाले युवा नेतासमेत रहेका उनले जारी दशौँ केन्द्रीय कमिटीको दोस्रो दिन(बिहीबार) ७ बुँदे सुझाव राखेका छन् । ढुंगेलले गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछि अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको अवस्थामा युवा पुस्तालाई भुलाउन उनले नयाँ तरिका सुझाएका हुन् । उनले भनेका छन्, ‘उनीहरूलाई व्यस्त बनाउन शहरका विभिन्न चोकहरूमा साँझ कन्सर्टहरूको आयोजना गर्नु पर्दछ ।’

Read More

काठमाडौँ । अमेरिकी पासपोर्ट विश्वका सबैभन्दा शक्तिशाली पासपोर्टहरूको शीर्ष १० सूचीबाट बाहिरिएको छ। हेनले पासपोर्ट इन्डेक्स २०२५ अनुसार अमेरिकी पासपोर्ट १२औँ स्थानमा पुगेको छ । पासपोर्ट इन्डेक्सले २० वर्षमा यस्तो पहिलोपटक भएको उल्लेख गरेको छ । अमेरिकी पासपोर्टवाहक नागरिक २२७ मध्ये १८० देशमा भिसा बिना प्रवेश गर्न सक्छ । सिंगापुरको पासपोर्ट सबैभन्दा शक्तिशाली बनेको छ भने दोस्रो स्थानमा दक्षिण कोरिया र तेस्रोमा जापान रहेको छ । इन्डेक्स अनुसार, नेपालको पासपोर्ट १०१ औँ स्थानमै यथावत् छ भने भारतीय पासपोर्ट ७७औँ स्थानमा पुगेको छ। भारतले ५९ देशमा अनअराइभल भिसा पाउँछ भने नेपालले ३६ देशमा । एजेन्सी

Read More

काठमाडौ । गायक सौगात जङ्ग थापा र सामना घतानीको आवाजमा प्रेमिल गित `आकाशको जुन´को म्युजिक भिडियो सार्वजनिक भएको छ ।  अभिनास थापाको शब्द,सौगात जङ्ग थापाको सङ्गितमा रहेको गितलाइ सौगात जङ्ग थापा र सामना घतानीले आवाज दिएका छन् । विशाल निरौलाको एरेन्ज रहेको छ भने रन्जन राइको मिक्सिङ ,मास्टरिङ रहेको छ। कुशल श्रेस्ठको छायांकन ,एडिट तथा डिरेक्सन रहेको म्युजिक भिडियोमा अभिनेता धिरेन शाक्य र शर्मिला राइको अभिनय रहेको छ।

Read More

काठमाडौं । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरूङविरुद्ध जाहेरी दिएका छन्। आइतबार काठमाडौं परिसर पुगेर उनीहरूविरुद्ध नेविसंघले जाहेरी दिएको हो। नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्यहरू मनिश जङ थापा, अशोक सिंह बिष्ट र बिजय शाहले संयुक्तरुपमा हस्ताक्षर गरेर साह र गुरूङविरुद्ध किटानी जाहेरी दिएका हुन्। भदौ २३ र २४ गते जेनजी समूहको आन्दोलनमा सिंहदरबार,सर्वोच्च अदालतलगायत सरकारी कार्यालय र नेताहरूको घरमा तोडफोड तथा आगजनी भएको थियो। यी घटनामा घुसपैठ गराएर विद्यार्थीहरूलाई विद्यालय पोसाकमा जान उस्काएको, राष्ट्रिय सम्पदा ध्वस्त बनाएको, सरकारी तथा निजी भवनमा लुटपाट गराउनमा भूमिका खेलेको…

Read More

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले विद्यार्थीको उत्तरपुस्तिका जेनजी आन्दोलनमा जलेर नष्ट भएपछि पुनः परीक्षा गर्ने भएको छ । सीटीईभीटीका प्रवक्ता टैलेन्द्र आचार्यका अनुसार पुनः परीक्षा ४ मंसिरदेखि हुनेछ । जेनजी आन्दोलनमा सीटीईभीटीको १४ हजार ७०० वटा उत्तरपुस्तिका जलेका थिए । सीटीईभीटीको डिप्लोमा, प्रमाणपत्र र प्रि–डिप्लोमा तहका परीक्षाको उत्तरपुस्तिका जलेको प्रवक्ता टैलेन्द्र आचार्यले बताए । उनका अनुसार प्रहरी कार्यालयमा सुरक्षाका लागि राखिएका उत्तरपुस्तिका जलेर नष्ट भएका हुन् ।

Read More

काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले पछिल्ला दिनमा सिंहदरबारमा आगजनी गराएको भन्ने आफूविरुद्ध लगाइएका आरोप पूर्ण रूपमा भ्रमपूर्ण र तथ्यहीन रहेको भन्दै खण्डन गरेका छन्। सामाजिक सञ्जालमार्फत लामो स्पष्टीकरणमा बालेनले भनेका छन्, ‘सिंहदरबार जलाउने म होइन, अफवाह फैलाउने काम मात्रै गरियो।’ उनका अनुसार भदौ २४ गते देशभर अराजक स्थिति थियो, सरकार सक्रिय थिएन, प्रहरी र सुरक्षा संयन्त्र समेत निष्क्रिय थिए। तर, काठमाडौं महानगरको दमकल र कर्मचारीहरू भने जोखिम मोल्दै आगो निभाउने, घाइतेहरूको उपचार र उद्धारमा निरन्तर खटिएको उनले बताएका छन्। ‘सिंहदरबारमा हाम्रो दमकल तत्काल पुग्न सकेन किनभने आन्दोलनकारीले बाटो अवरुद्ध गरेका थिए,’ बालेनले स्पष्ट पारे। उनका अनुसार २४ गते साँझ…

Read More

रामेछाप । वडा दशैँ तथा शुभ दिपावलीको अवसरमा आयोजित `चौथो वडाकप -२०८२´ को उपाधी  साविक वडा ४ ले हात पारेको छ । मन्थली नगरपालिका १० चनखुमा आइतबार सम्पन्न भएको खेलमा साविक वडा ५ (कालिदेवी युवा समाज) लाई पराजित गर्दै साविक वडा ४ विजयी भएको हो । लाङघाली सेवा समाजको आयोजनामा असोज १७ र १८ गते सन्चालन हुने भनिएको खेल वर्षाको कारण सनिवार रोकेपछि आइतबार सम्पन्न भएको हो । साविक वडा स्तरीय भलिबल प्रतियोगिता अन्तर्गत भएको `चौथो वडाकप-२०८२´ मा द्वितीय साविक वडा ५(कालिदेवी युवा समाज), तृतीयमा साविक वडा ७(ज्यामिरे युवा समाज र सान्त्वना आयोजक समुह भएको समाजको अध्यक्ष होम बहादुर थापा…

Read More

काठमाडौं – जेन–जी आन्दोलनमा भएका घटनाको छानबिन गर्न गठित आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको बयान दसैँपछि लिने जनाएको छ। दुवैपनाको राहदानी रोक्का गर्न हतार गरेको पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले बयान भने दसैँपछि लिने जनाएको हो।  आयोगले आइतबार मात्रै ओली, लेखकसहित पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख हुतराज थापा र काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको विदेश यात्रामा रोक लगाउँदै काठमाडौं उपत्यकाबाहिर जाँदा अनुमति लिएर मात्रै जानुपर्ने निर्देशन जारी गरेको थियो। भदौ २३ र २४ भएको जेन–जी आन्दोलनका क्रममा भएको दमनबारे आयोगले ओली र लेखकलाई पनि छानबिनको दायरामा तानेको जनाएको छ। यही कारण…

Read More

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(एमाले)को सचिवालय बैठक बस्ने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आइतबार दिउँसो १ बजे पार्टी सचिवालय बैठक बोलाएको पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार बैठक भक्तपुरको गुण्डुस्थित ओली निवासमा बस्ने छ । बैठकमा हालैको ‘जेनजी’ प्रदर्शनपछि विकसित राजनीतिक घटनाक्रम र त्यसले पार्टीभित्र पारेको प्रभावबारे विस्तृत छलफल हुने उनले बताए । बैठकले पार्टीको आगामी रणनीति र नयाँ कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ । बैठकमा पछिल्लो घटनाक्रमपछिको राजनीतिक सन्दर्भमा पार्टीको भूमिका, सङ्गठन सुदृढीकरण र आगामी कार्यक्रमबारे ठोस निर्णय हुने विभाग प्रमुख गौतमले जानकारी दिए । जेनजी प्रदर्शनपछि पहिलोपटक…

Read More