काठमाडौं । अनलाइन सञ्चारमाध्यमको दर्ता सूचना तथा प्रशारण विभागबाटै हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिए । ‘छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन २०४८ बमोजिम अनलाइन सञ्चार माध्यम दर्ता गर्ने प्रयोजनका लागि सूचना तथा प्रशारण विभागका महानिर्देशकलाई स्थानीय अधिकारीको रुपमा तोक्ने निर्णय भएको छ,’ सञ्चारमन्त्री खरेलले भने । यसको मतलब अब अनलाइन दर्ता तथा नवीकरण जिल्ला प्रशासन कार्यालयबाट गर्नुपर्ने छैन । यसअघि केपी ओली नेतुतवको सरकारले केही नेपाल ऐन संशोधनमार्फत गरेको छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन, २०४८ को व्यवस्थाअनुसार जिल्ला प्रशासन कार्यालयबाट अनलाइन दर्ता हुने व्यवस्था गरेको थियो ।
Author: Bihanipatra
काठमाडौं । सरकारले जेन–जी आन्दोलनमा दमनमा संलग्न रहेका र भ्रष्टाचार एवं सम्पत्ति सुद्धीकरणको अनुसन्धानको दायरामा रहेका नेताहरूको राहदानी (पासपोर्ट) रोक्का गर्ने तयारी गरेको छ। सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले कांग्रेस, नेकपा एमाले, माओवादी (केन्द्र) लगायत दलका शीर्ष नेताहरूको राहदानी रोक्का गर्ने प्रक्रिया अघि बढाएको हो। निवर्तमान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली, गृहमन्त्री रमेश लेखक, कांग्रेस सभापति शेरबहादुर देउवा र पत्नी आरजु राणा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत शीर्ष नेताहरूको पासपोर्ट रोक्का गर्ने तयारी गरिएको मन्त्रिपरिषद स्रोतले बतायो।
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ सहित तीन मन्त्रालयको जिम्मेवारी पाएका कुलमान घिसिङले पुनर्निर्माण कोषमा योगदान गर्न आह्वान गरेका छन् । सरकारले बुधबार मात्र कोष स्थापना गर्दै सहयोगको आह्वान गरेको हो । सरकारले अर्थमन्त्रीको अध्यक्षतामा पुनर्निर्माण समिति समेत गठन गरिसकेको छ । समितिले पुनर्निर्माण कार्ययोजना स्वीकृत गर्दै पुनर्निर्माणको काम थाल्ने मन्त्री घिसिङले जानकारी दिए । भौतिक संरचनामा आगजनी र तोडफोडले ठूलो क्षति भएको भन्दै उनले आर्थिक पुनरुत्थान र पुनर्निर्माण कोष स्थापना गरिएको बताए ।
काठमाडौं । अध्यागमन विभागको सेवा दशैंको टीकाको दिन मात्र बन्द हुने भएको छ । दशैंको सार्वजनिक बिदाको अन्य दिनहरुमा पनि सेवा जारी रहने छ । दशैंको बिदा अवधिमा टीकाको दिनबाहेक अन्य दिनमा पर्यटक भिसा र एजेन्सी शाखा खुला राख्ने विभागले जनाएको छ । सरकारी कार्यालयहरुमा दशैंको फूलपातिको दिनदेखि नै सार्वजनिक बिदा दिने गरिन्छ । तर अध्यागमन विभागले फूलपातिदेखि नवमीसम्म पनि सेवा जारी राख्ने जनाएको हो । बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पर्यटक भिसा शाखा र एजेन्सी शाखाबाट प्रदान गरिने सेवा सञ्चालन गरिने विभागका अध्यागमन अधिकृत शिवकुमार अधिकारीले बताए । यही असोज १६ गते दशैंको टीकाको दिनमा भने यी सेवा…
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मतदाता नामावली ऐन सम्बन्धी अध्यादेश जारी गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न अध्यादेश जारी गरेसँगै आयोगलाई नयाँ मतदाताको नाम संकलन गर्न बाटो खुलेको छ। यसअघिको कानुनअनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावली संकलन गर्न मिल्दैनथ्यो । मतदाता नामावली ऐन, २०७३ को दफा ४ को उपदफा २ बमोजिम चुनावको मिति घोषणा भइसकेपछि सोही निर्वाचनको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न नपाइने व्यवस्था उल्लेख थियो । यसअघि आयोगले २०७९ को निर्वाचनअघि मतदाता नामावली संकलन गरेको…
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि चीनका राजदूत चेन सोङबिच शिष्टाचार भेटवार्ता भएको छ । बुधबार सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको भेटमा नवनियुक्त मन्त्री घिसिङलाई चिनियाँ राजदूत सोङले बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । भेटमा नेपाल–चीनबिचको सडक तथा विद्युत् प्रसारण लाइन कनेक्टिभिटी, चिनियाँ निर्माण व्यवसायीबाट ठेक्का लिएका सडक तथा विद्युत् आयोजनाको निर्माण प्रगति, ऊर्जा क्षेत्रमा सहकार्य, चिनियाँ सहायतामा सञ्चालित आयोजनाहरूको कार्यान्वयन अवस्था, चिनियाँ लगानीलगायतका विषयमा छलफल भएको थियो । भेटमा मन्त्री घिसिङले नेपाल र चीनलाई सडक सञ्जालबाट जोड्ने काठमाडौँ—कोदारी ९अरनिको० र…
काठमाडौँ । सरकारले सांसद र राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज गरेको छ । असोज ५ गते सरकारले मन्त्रीस्तरीय निर्णय गर्दै यस्तो सुविधा खारेज गरेको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सांसद लगायत अन्य राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज गरिने भएको हो । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख, नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्रीहरूले भने स्वकीय सचिव राख्न पाउनेछन् । त्यस्तै, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभाका अध्यक्ष बाहेक नेपाल सरकार, प्रदेश तथा स्थानीय तहका पदाधिकारीको लागि सल्लाहकार नियुक्ति गर्न नपाउने भएका छन् । अर्थ मन्त्रालयले मुलुकको सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न…
न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघको महासभामा आफ्नो निर्धारित समयभन्दा तीन गुणा बढी समय लिएर विभिन्न विवादास्पद विषयमाथि सम्बोधन गरेका छन्। उनले आप्रवासन, जलवायु परिवर्तन, गाजाको युद्ध र अन्तर्राष्ट्रिय संस्थाहरूमाथि कडा टिप्पणी गरे। ट्रम्पले ‘अवैध आप्रवासन’ विरुद्धको आफ्नो अडानलाई दोहोर्याउँदै यसलाई देशहरूलाई नष्ट गरिरहेको बताए। उनले अवैध आप्रवासीहरूलाई पक्राउ गरेकोमा एल साल्भाडोरलाई धन्यवाद दिए। ट्रम्पले संयुक्त राष्ट्रसंघले नै ‘पश्चिमी देशहरू र उनीहरूको सिमानामाथि आक्रमणलाई वित्तपोषण गरिरहेको’ आरोप लगाए। उनले संयुक्त राष्ट्रसंघको निकाय (जुन अन्तर्राष्ट्रिय आप्रवासन संगठन, आईओएम जस्तो देखिन्छ) ले अवैध आप्रवासीहरूलाई खाद्यान्न, आश्रय, यातायात र डेबिट कार्डहरू प्रदान गरेको दाबी गरे। ईरान र गाजा युद्ध ट्रम्पले तीन महिनाअघि…
रामेछाप । वडा दशैँ तथा शुभ दिपावलीको अवसरमा मन्थली नगरपालिका १० चनखुमा यसपटक पनि भलिबल प्रतियोगिता हुने भएको छ । लाङघाली सेवा समाजको आयोजनामा असोज १७ र १८ गते साविक वडा स्तरीय भलिबल प्रतियोगिता अन्तर्गत `चौथो वडाकप-२०८२´ हुन लागेको समाजको अध्यक्ष होम बहादुर थापा मगरले जानकारी दिए । चनखु वडा कार्यालयले आर्थिक वर्ष २०८२/०८३ को बजेटबाट खेलकुद शिर्षकमा छुट्याइएको २ लाख रकम बाट साविक वडास्तरिय पुरुष भलिबल प्रतियोगिता गर्न लागेको अध्यक्ष मगरले बताए । भलिबल प्रतियोगितामा प्रथम ,द्वितीय ,तृतीय र सान्त्वना हुनेलाई क्रमशः नगद रु.३०,०००।-,२०,०००।-,१०,०००।- को साथमा शिल्ड,मेडल र प्रमाणपत्र दिइने आयोजकले जनाएको छ । कार्यक्रमलाई ह्याङ्ला ह्युल सामुदायिक संस्थाले…
काठमाडौं । दुर्गा प्रसाईंले अन्तरिम सरकारका दुई मन्त्रीहरूमाथि गम्भीर आरोप लगाएका छन् । ऊर्जा, भौतिक र शहरी विकास मन्त्रालयको जिम्मेवारीमा रहेका कुलमान घिसिङ र सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलमाथि उनले एमसीसी पास गर्न र वकालत गर्ने विषयमा भूमिका खेलेको आरोप लगाएका हुन् । मंगलबार एक पत्रकार सम्मेलन आयोजना गर्दै उनले नवनियुक्त मन्त्रीद्वय घिसिङले एमसीसी र एमसीए ल्याएको र त्यसको पक्षमा सञ्चारमन्त्री खरेल, रास्वपा उपसभापति स्वर्णिम वाग्ले लगायतले वकालत गरेको आरोप लगाए । ‘कुलमान घिसिङलाई तपाईंहरू भगवान देख्नुहुन्छ, एमसीसी र एमसीए ल्याउने मान्छे नै कुलमान घिसिङ हो । बुझ्नुभयो । एमसीसी पास गराउने, कुलमान घिसिङ हुन् । त्यसको वकालत गर्ने…



