Author: Bihanipatra

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले हाल ऊर्जा मिश्रणमा लागू गरिएको १० प्रतिशतको अनिवार्य प्रावधान तत्कालै हटाउन सरकार तयार रहेको स्पष्ट गर्नुभएको छ। नेपाल नवीकरणीय ऊर्जा परिसङ्घ (रिकोन) का प्रतिनिधिसँग आज भएको भेटमा मन्त्री घिसिङले दिगो, समावेशी र मजबुत नवीकरणीय ऊर्जा प्रणाली निर्माणमा आफू पूर्णतः प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। उहाँले नेपालले सन् २०४५ भित्र नेट–शून्य उत्सर्जनको लक्ष्य हासिल गर्न नवीकरणीय ऊर्जा प्रविधि महत्वपूर्ण आधार हुने भएकाले यसलाई राष्ट्रिय ऊर्जा विकासको मूल प्रवाहमा ल्याइने बताउनुभयो। रिकोनले बुझाएको ज्ञापनपत्रमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता ऐन, २०८० को द्रुत कार्यान्वयन, ऊर्जा नियामक आयोगमा निजी क्षेत्रको प्रभावकारी प्रतिनिधित्व सुनिश्चित गर्ने माग गरिएको…

Read More

काठमाडौं । यूएईमा हुने नेपाल र वेष्टइन्डिजबिचको खेलका लागि नेपाली खेलाडीले भिसा पाएका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले एक विज्ञप्ति जारी गर्दै नेपाली खेलाडीले भिसा पाएको जानकारी गराएको हो। नेपाली क्रिकेट टिम सोमबार यूएई जाने समेत क्यानले जनाएको छ। शुक्रबार नै यूएई प्रस्थान गर्ने तय भएपनि भिसा प्राप्त हुन ढिलाइ हुँदा नेपाली टोली जान पाएको थिएन ।

Read More

काठमाडौं । मनसुन सक्रिय भएसँगै बिपी राजमार्गमा रातिमा सवारी आवागमन बन्द गरिएको छ। विपद्को घटना हुन नदिनका लागि रातिमा सवारी आवागमन बन्द गरिएको प्रहरीले जनाएको छ। अर्को सूचना नआएसम्म प्रत्येक दिन बेलुका ८ः०० देखि बिहान ५ः०० बजेसम्म बिपी राजमार्गमा भाडाका सवारीसाधन आवागमनमा रोक लगाइएको हो। अन्य निजी सवारीसाधन भने सञ्चालनमा रहेको छ।

Read More

रासस । हुम्ला घर भइ हाल काठमाडौंमा बस्दै आएका थुक्तेन पाल्वर तामाङ ११ दिनदेखि बेपत्ता भएका छन्। काठमाडौंमा भदौ २४ मा भएको जेनजी आन्दोलनमा सहभागी भएका हुम्लाको नाम्खा गाउँपालिका–३ को खगालगाउँ स्थायी घर भएका हाल काठमाडौंको तीनचुलीमा बस्दै आएका थुक्तेन ११ दिनदेखि बेपत्ता भएका हुन्। गत भदौ २३ गते जेनजी प्रदर्शनमा सहभागी भएर तामाङ कोठा फिर्ता भएको बुबा टसी छिरिङले बताए। होटेलमा काम गर्दै आएका तामाङा २४ गते बिहानी सिफ्टको काम सकाएर दिउँसो २ः०० बजे कोठामा आएर प्रदर्शनमा गएका थिए। पछिल्लो दिनको जेनजी प्रदर्शनमा गएको दिनदेखि उनी कोठा फिर्ता नभएको बुबा छिरिङले बताए। एघार दिनसम्म काठमाडौंका विभिन्न ठाउँहरूमा खोजी कार्य…

Read More

काठमाडौँ । नेपाल पत्रकार महासंघले पत्रकार टेकमान शाक्यलाई धम्की दिने एमाले नेता महेश बस्नेतलगायतलाई कानुनी कार्वाही गर्न माग गरेको छ । महासंघले शनिबार एक विज्ञप्ति जारी गर्दै समाचारको विषयलाई लिएर शाक्यलाई बारम्बार धम्की आएको घटनाको आफूले निन्दा र भर्त्सना गरेको उल्लेख छ । ‘प्रकाशित समाचारप्रति असहमति भए विधिसम्मत आफ्ना कुरा राख्न र पत्रकारलाई धम्की दिएर प्रेस स्वतन्त्रता हनन नगर्न महासंघ सम्बद्ध व्यक्तिहरूलाई सचेत गराउंदछ । साथै, पत्रकारलाई धम्की दिने कार्यमा संलग्नहरूलाई कानुनी कारबाही गर्न सम्बद्ध निकायसँग माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

Read More

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अक्टोबरको अन्त्यमा दक्षिण कोरियामा हुने क्षेत्रीय सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट्ने र अर्को वर्षको सुरुतिर चीन भ्रमणमा जाने बताएका छन् । समाचार संस्था एपीका अनुसार, शुक्रबार नेताद्वयबीच लामो टेलिफोन वार्ता ट्रम्पले सीसँग भेट्ने र चीन जाने घोषणा गरेका हुन् । ट्रम्पले ट्रुथ सोसलमा लेख्दै सी ‘उपयुक्त समय’ मा अमेरिकामा आउनेछन् र उनीहरूले लोकप्रिय सोसल मिडिया एप टिकटकलाई अमेरिकामा सञ्चालन गर्न दिन ‘टिकटक सम्झौताका स्वीकृति’ मा प्रगति गरेका उल्लेख गरेका छन् । यद्यपि उनले प्रगतिका विवरण भने खुलाएका छैनन् । यद्यपि चिनियाँ पक्षले सार्वजनिक गरेको वक्तव्यमा ट्रम्पले भनेजस्तो भ्रमण र टिकटकका विवाद समाधान बारे…

Read More

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गर्धनमाथि गम्भीर चोट लागेकाले १२ टाँका लगाइएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पार्टी बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा प्रचार विभाग प्रमुख मीन बहादुर विश्वकर्माले देउवाको स्वास्थ्यबारे जानकारी गराएका हुन् । बैठकपछि पत्रकार सम्मेलनमा पत्रकारहरूले सभापति देउवाको स्वास्थ्य अवस्थाबारे सोधेको प्रश्नमा प्रचार विभाग प्रमुख विश्वकर्माले देउवा अझै सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा रहेको जानकारी उपसभापति खड्काले बैठकमा ब्रिफिङ गरेको जानकारी दिए । ‘उहाँ सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा रहनुभएको जानकारी उपसभापतिज्यूले बैठकमा गराउनुभयो,’ विश्वकर्माले भने, ‘केही दिन अझै अस्पताल राख्ने डक्टरले परामर्श दिएकाले अझै उहाँ केही दिन अस्पतालमा बस्ने जानकारी उपसभापतिज्यूले…

Read More

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले आफू खेलकुदमन्त्री बन्न नचाहेको बताएका छन्। पछिल्लो समय जेनजीको आन्दोलनका कारण खेलकुदमन्त्रीको पद रिक्त छ। यस्तो अवस्थामा खेलकुद मन्त्री बन्नका लागि योग्य रहेको भन्दै सचिव खड्काको नाम अगाडि सारिएको थियो। तर, पारसले पत्रकारहरूसँग बोल्दै खेलकुद मन्त्री बन्ने चाहना आफ्नो नभएको बताए। उनले भने, ‘मेरो अहिलेको प्राथमिकता भनेको नै क्यान हो, नेपाली क्रिकेट हो, अहिले मन्त्रायल जाने भनेर सोचेको छैन।’

Read More

हेटौँडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी निर्वाचनमार्फत देशलाई स्थायित्व र विकासको बाटोमा लैजानुपर्ने बताएका छन् । उनले सङ्घीय अन्तरिम सरकारले घोषणा गरेको आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन सबै राजनीतिक दल, प्रशासन र सुरक्षा संयन्त्र एकजुट हुनुपर्ने बताए । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ को अवसरमा शुक्रबार हेटौँडामा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले शान्ति, सुव्यवस्था, स्थायित्व र समृद्धिको यात्रामा अगाडि बढाउन सबैको भूमिका अपरिहार्य रहेको बताए । सम्बोधनका क्रममा उनले सुशासनको माग राख्दै भएको ‘जेनजी’ पुस्ताको प्रदर्शनमा घाइतेहरूको उपचारको प्रबन्ध प्रदेश सरकारले मिलाउने र प्रदर्शनका क्रममा क्षतिग्रस्त सार्वजनिक तथा निजी संरचनाको पुननिर्माणलाई प्राथमिकता दिने…

Read More

तेहरान । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले यस महिनाको अन्त्यसम्ममा इरानमाथि अन्तर्राष्ट्रिय प्रतिबन्धहरू पुनः लागू हुने अपेक्षा आफूले गरेको बताएका छन् । उनले बिहीबार इजरायली टिभी अन्तर्वार्ताको क्रममा यो कुरा भनेका हुन् । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार एक पत्रकारले म्याक्रोँलाई इरानको आणविक कार्यक्रममा लगाइएका प्रतिबन्धहरू यस महिनाको अन्त्यसम्ममा पुनः लागू हुन्छ कि भनेर सोधेका थिए । यसको जवाफमा उनले भने– ‘हो मलाई लाग्छ, किनभने हामीले इरानीहरूबाट प्राप्त गरेको पछिल्लो जानकारीअनुसार उनीहरू गम्भीर छैनन् ।’ गत महिना बेलायत, फ्रान्स र जर्मनीले एउटा प्रक्रिया सुरु गरेका छन्, जसमार्फत संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धहरू पुनः लागू (स्न्यापब्याक) गर्न सकिन्छ । स्न्यापब्याक संयन्त्र एउटा प्रावधान हो,…

Read More