काठमाडौँ । निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन सरकारले जेनजी आन्दोलनको क्रममा प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश नदिएको बताएका छन् । आन्दोलनमा गोली हान्ने आदेश सरकारले नदिएको उनले जिकिर गरेका छन् । ‘सरकारले प्रहरीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन, छानबिनले सत्य उजागर गर्नेछ,’ ओलीको भनाइ छ । आज संविधान दिवसको शुभकामना दिँदै उनले प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानिएकोले घटनाको छानबिन हुनुपर्ने बताए । उनले भनेका छन्– ‘त्यस घटनाप्रति म फेरि दुःख व्यक्त गर्दै दिवङ्गत युवाहरूप्रति श्रद्धाञ्जली एवं घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्दछु।’ ‘सिंहदरबार, नक्सा, न्यायालय, राजनीतिक दलका कार्यालयदेखि नागरिकको सम्पत्तिसम्म तोडफोड र आगजनी हुनु दु:खद…
Author: Bihanipatra
काठमाडौँ । ई-७ भिसामार्फत नेपाली कामदार कोरिया जान नपाउने भएका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्देशनपछि दक्षिण कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि कार्यान्वयन नहुने भएको हो । वैदेशिक रोजगार विभागले बुधवार एक सूचना जारी गर्दै यो जानकारी गराएको हो। विभागका अनुसार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय दिएको निर्देशन अनुसार जी टु जी माध्यमबाट ई–७ भिसामा कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी उक्त कार्यविधि, २०८० कार्यान्वयन नगर्न भनेको छ । मन्त्रालयको निर्देशनसँगै यो कार्यविधि तत्कालका लागि कार्यान्वयनमा नआउने भएको हो। विभागले यस सम्बन्धी सम्पूर्ण सरोकारवालालाई जानकारी गराउनका लागि यो सूचना प्रकाशित गरेको जनाएको छ।
काठमाडौं । अमेरिकी सहर कोलोराडो स्प्रिङ्समा अप्रिल २०२५ मा भएको अन्तर्राष्ट्रिय अन्तरिक्ष उद्योग सम्मेलनले अन्तरिक्ष अब युद्ध क्षेत्रको दायरामा आएको स्पष्ट पारेको छ । अमेरिका यो क्षेत्रमा एक प्रमुख शक्ति हो र चीन पनि अत्याधुनिक स्याटेलाइट (उपग्रह)सहित एक ठूलो शक्ति बन्दै छ । चीनले अन्तरिक्षमा स्याटेलाइट नष्ट गर्नसक्ने हतियारहरूको परीक्षण गरिरहेको छ । रूसले पनि यो क्षमता प्रदर्शन गरिसकेको छ । स्याटेलाइट युद्धको खतराडा. राजी राजगोपालन अस्ट्रेलियन स्ट्रेटेजिक इन्स्टिच्युटकी वरिष्ठ शोधकर्ता र अन्तरिक्ष सुरक्षा मामिलाकी विज्ञ हुन् । उनका अनुसार हाल पृथ्वीको कक्षामा ११ हजार ७०० सक्रिय स्याटेलाइट छन् । यी स्याटेलाइटहरू अरबौँ मानिसहरूको दैनिक संचारका लागि महत्वपूर्ण छन् । तीमध्ये…
काठमाडौं । गत असार पहिलो सातादेखि रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको बिपी राजमार्ग आजदेखि २४सै घण्टा सञ्चालन हुने भ्एको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा सोमबार बसेको सुरक्षा समितिको बैठकले मनसुन बाहिरिने क्रममा रहनुका साथै दसैं, तिहारलगायत चाडपर्वलाई लक्षित गरी सडक २४सै घण्टा सञ्चालन गर्ने निर्णय गरेको थियो । यात्रुको सहजताका लागि सडक सुरक्षामा सजगता अपनाइ स्वीकृत सडक सुरक्षा कार्ययोजनाबमोजिम निर्णय गरिएको समितिले जनाएको छ । मनसनमा बाढीपहिरोको जोखिमका कारण बिपी राजमार्गअन्तर्गत प्रथान बिन्दु काभ्रेपलाञ्चोकको धुलिखेलबाट सिन्धुलीको सिमाना नेपालथोकसम्म रातिको समयमा १२ घण्टासम्म यातायात सञ्चालनमा रोक लगाइएको थियो । यसअघि पछिल्लो पटक यही भदौ १६ गतेदेखि थप १५ दिन…
काठमाडौं । निजामती सेवाका सचिवहरूले संघीय तहमा रहेका दरबन्दीहरु २० प्रतिशतले कटौती गर्ने निर्णय गरेका छन् । मंगलबार मुख्यसचिव एकनारायण अर्यालको संयोजकत्वमा बसेको सचिवहरूको बैठकले यसबारे सैद्धान्तिक सहमति गरेको हो । बैठकले २० असोजभित्र संशोधित दरबन्दी स्विकृतीका लागि मन्त्रिपरिषदमा पेश गर्ने निर्णय लिएको छ । सचिवहरुको बैठकले अनावश्यक देखिएका सरकारी निकाय खारेज गर्ने, गाभ्ने वा हस्तान्तरण गर्ने भएको छ । त्यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका शासकीय क्षेत्र हेर्ने सचिवले समन्वय गर्ने जनाएको छ । राष्ट्रिय किताबखानाको वार्षिक प्रतिवेदन अनुसार, गत आर्थिक वर्षमा संघीय तहमा ५१ हजार ७२६ जना कर्मचारीको दरबन्दी थियो । यदि २० प्रतिशत दरबन्दी कटौती भएमा १०…
काठमाडौं । भदौ २३ र २४ गते जेन–जी आन्दोलनमा भएको भौतिक संरचनाको विवरण संकलन गर्न मन्त्रालयहरूले सुरु गरेका छन् । भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत सडक विभाग र विभाग मातहतका डिभिजन तथा योजना कार्यालयहरूमा भएका क्षतिको विवरण संकलन गर्न मन्त्रालयका सहसचिव तथा सडक विभागका सम्भार महाशाखाका प्रमुख श्याम खड्काको संयोजकत्वमा विवरण संकलन समिति गठन भएको छ । उक्त समितिमा नौ जना सदस्य रहेका छन् । आन्दोलनबाट भौतिक पूर्वाधार मन्त्रालय रहेको भवनमै सामान्य क्षति भएको छ । यसैगरी बबरमहलस्थित सडक विभगको मुख्य कार्यालयमा ठूलो नोक्सानी भएको छ । यतिबेला विभागको परिसरभरि जलाइएका गाडी यत्रतत्र देखिन्छ भने मुख्य कार्यालयका अधिकांश कोठा नराम्रोसँग जलेको छ…
काठमाडौँ । ऊर्जा,जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् । सोमबार उनले पदभार ग्रहण गरेका हुन् । नवनियुक्त ऊर्जामन्त्री घिसिङले पदभार ग्रहण गर्दै कुनै सरकारी सुविधा नलिने घोषणा गरेका छन् । उनले आफ्नो नामको तलबभत्ता शहीदहरूको सहयोग कोषमा राख्ने उल्लेख गरेका छन् । सुरक्षाका लागि आवश्यक पर्ने सुरक्षाकर्मीबाहेक अन्य कुनै सुविधा नलिने र भ्रष्टाचारविरुद्ध आफूले शून्य सहनशिलता अपनाउने बताए ।
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषदका सदस्यहरुको शपथ आज बिहान साढे ११ बजे हुने भएको छ । राष्ट्रपति कार्यालय स्रोतले शपथ ग्रहणको समयबारे जानकारी दिएको हो । शपथ ग्रहण समारोह शितल निवास परिसरमा टेन्टमुनि हुनेछ । अहिले टेन्ट राख्ने काम भइरहेको छ । गत शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त सुशीला कार्कीले आइतबार तीन जना मन्त्री नियुक्त गरेकी थिइन् । अर्थ मन्त्रीमा रामेश्वर खनाल, गृहमन्त्रीमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रीमा कुलमान घिसिङको नाम टुंगो लागेको स्रोत बताउँछ । अर्यालले कानुन मन्त्रालयको समेत जिम्मेवारी पाउने र घिसिङलाई ऊर्जाका अलवा भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी दिने तयारी…
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषदका सदस्यहरुको शपथ आज बिहान साढे ११ बजे हुने भएको छ । राष्ट्रपति कार्यालय स्रोतले शपथ ग्रहणको समयबारे जानकारी दिएको हो । शपथ ग्रहण समारोह शितल निवास परिसरमा टेन्टमुनि हुनेछ । अहिले टेन्ट राख्ने काम भइरहेको छ । गत शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त सुशीला कार्कीले आइतबार तीन जना मन्त्री नियुक्त गरेकी थिइन् । अर्थ मन्त्रीमा रामेश्वर खनाल, गृहमन्त्रीमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रीमा कुलमान घिसिङको नाम टुंगो लागेको स्रोत बताउँछ । अर्यालले कानुन मन्त्रालयको समेत जिम्मेवारी पाउने र घिसिङलाई ऊर्जाका अलवा भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी दिने तयारी…
काठमाडौं । जेनजी आन्दोलन पछी प्रधानमन्त्री बनेकी सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी हुने तीन जना मन्त्रीको नाम टुंगो लागेको छ । प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार, अर्थ मन्त्रालयमा रामेश्वर खनाल, गृहमन्त्रालयमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रालयमा कुलमान घिसिङको नाम टुंगो लागेको हो । घिसिङले भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास र उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी पाएका हुन् । ‘यो प्रारम्भिक सूची हो । उहाँहरूले पाउने मन्त्रालयको जिम्मेवारी थपिन सक्छ,’ स्रोतले भन्यो ‘उहाँहरूको पत्र बनिसकेको छ ।’ उनीहरूको शपथ ग्रहण भने भोलिमात्रै हुने बताइएको छ ।



