काठमाडौं । भदौ २३ र २४ गते जेन–जी आन्दोलनमा भएको भौतिक संरचनाको विवरण संकलन गर्न मन्त्रालयहरूले सुरु गरेका छन् ।
भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत सडक विभाग र विभाग मातहतका डिभिजन तथा योजना कार्यालयहरूमा भएका क्षतिको विवरण संकलन गर्न मन्त्रालयका सहसचिव तथा सडक विभागका सम्भार महाशाखाका प्रमुख श्याम खड्काको संयोजकत्वमा विवरण संकलन समिति गठन भएको छ ।

उक्त समितिमा नौ जना सदस्य रहेका छन् । आन्दोलनबाट भौतिक पूर्वाधार मन्त्रालय रहेको भवनमै सामान्य क्षति भएको छ ।
यसैगरी बबरमहलस्थित सडक विभगको मुख्य कार्यालयमा ठूलो नोक्सानी भएको छ । यतिबेला विभागको परिसरभरि जलाइएका गाडी यत्रतत्र देखिन्छ भने मुख्य कार्यालयका अधिकांश कोठा नराम्रोसँग जलेको छ ।
यसैगरी सहरी विकास मन्त्रालयले तीन दिनभित्र आगलागीबाट क्षति भएका भौतिक संरचना, अन्य उपकरणलगायत गाडीहरूको विवरण निकाल्ने भएको छ । मन्त्रालयमा भएको क्षतिबारे बुझ्न मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलको संयोजकत्वमा आइतबार मन्त्रालयमा बसेको बैठक बसेको थियो ।






