काठमाडौँ । निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन सरकारले जेनजी आन्दोलनको क्रममा प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश नदिएको बताएका छन् ।
आन्दोलनमा गोली हान्ने आदेश सरकारले नदिएको उनले जिकिर गरेका छन् । ‘सरकारले प्रहरीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन, छानबिनले सत्य उजागर गर्नेछ,’ ओलीको भनाइ छ ।

आज संविधान दिवसको शुभकामना दिँदै उनले प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानिएकोले घटनाको छानबिन हुनुपर्ने बताए । उनले भनेका छन्– ‘त्यस घटनाप्रति म फेरि दुःख व्यक्त गर्दै दिवङ्गत युवाहरूप्रति श्रद्धाञ्जली एवं घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्दछु।’
‘सिंहदरबार, नक्सा, न्यायालय, राजनीतिक दलका कार्यालयदेखि नागरिकको सम्पत्तिसम्म तोडफोड र आगजनी हुनु दु:खद भएको भन्दै उनले यसका पछाडिका षड्यन्त्रबारे धेरै कुरा समयले नै बयान गर्नेछ,’ ओलीले भनेका छन् ।
यस्तो छ ओलीको सन्देश





