काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की हालै भएको जेन-जी आन्दोलनका क्रममा घाइते भएकाहरूको स्वास्थ्य अवस्था बुझ्न शनिबार राष्ट्रिय ट्रमा सेन्टर पुगेकी छन्। अस्पताल पुगेर उनले घाइतेहरूको उपचारको बारेमा जानकारी लिनुका साथै उनीहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेकी हुन्। जेनजी आन्दोलनका क्रममा भएको हिंसा र झडपमा परी सयौँ प्रदर्शनकारी घाइते भएका थिए।
Author: Bihanipatra
काठमाडौँ । सनिबार बिहानबाट काठमाडौँका सडकमा सेना हटाइएको छ। शुक्रबार नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएसँगै अहिले सडक सुरक्षाको जिम्मेवारी नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सम्हालेका छन्। यससँगै उपत्यकाको ट्राफिक व्यवस्थापन पनि सामान्य बन्दै गएको छ। ट्राफिक प्रहरीहरू सडकमा खटिएका छन् भने उपत्यकाको जनजीवन सामान्य लयमा फर्किन थालेको छ। पछिल्लो समय जेन-जी ले देशभर गरेको आन्दोलनका कारण उत्पन्न तनावपूर्ण अवस्थालाई नियन्त्रणमा लिन सरकारले सेना परिचालन गरेको थियो।
काठमाडौं । संविधानको धारा–६१ अनुसार, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् । नेपालको संविधानको धारा–६१ मा राष्ट्रपति सम्बन्धी व्यवस्था छ, जसमा प्रधानमन्त्रीको पद, अधिकार र नियुक्तिको कुनै प्रसंग उल्लेख छैन । संविधानको धारा ६१ (१) र (२)मा राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुने व्यवस्थाका साथै राष्ट्रपतिले संविधान र संघीय कानून बमोजिम आफ्नो कार्य सम्पादन गर्ने व्यवस्था छ । राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्नेछ अनि संविधानको पालन र संरक्षण गर्ने व्यवस्था पनि सोही धारामा छ । राष्ट्रपतिले आफ्नो काम, कर्तव्य र क्षेत्राधिकारको विषय उल्लेख भएको धारा अनुसार…
काठमाडौँ । राष्ट्रपति कार्यालय शितल निवास क्षेत्रमा सडक खाली गरेर सम्पूर्ण आवतजावत बन्द गरिएको छ । शुक्रबार सेनाले सडकको दुवै लेनमा काँडेतार राखेर सवारी आवागमनका साथै पैदल यात्रुलाई पनि कडा चेकजाँच गरिरहेको छ । राष्ट्रपति रामचन्द्र पौडेल निवास अगाडि पनि आर्मीले आफ्नो तैनाथी बढाएर आवतजावत नै ठप्प पारेको छ ।
काठमाडौँ । अन्तरिम सरकार गठन गर्न बिहान ९ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा बोलाइएको वार्ता दिउँसो दुई बजेका लागि सरेको छ । राष्ट्रपति कार्यालय स्रोतले आन्तरिक तयारीका लागि भन्दै दुई बजेलाई सारिएको जानकारी दियो । अन्तरिम सरकार गठनका लागि बिहीबारदेखि राजनीतिक दल, संविधानविद्, कानुनविद् र जेनजी प्रतिनिधिहरूसँग राष्ट्रपति पौडेलले वार्ता गरिरहेका छन् । अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई दिने विषयमा सहमति बने पनि संविधानले तोकेको प्रक्रिया कसरी पूरा गर्ने भन्नेमा अझै अन्योल छ । जेनजी आन्दोलनका युवाहरूले संसद् विघटनलाई मुद्दा बनाएका छन् । राष्ट्रपति पौडेलले बिहीबार संविधानको धारा ६१ (४) अन्तर्गत रहेको ‘बाधा अड्काउ फुकाऊ’ प्रावधान प्रयोग गर्न सक्नेरनसक्ने…
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले स्वार्थ समूहहरूको सेवामा गठबन्धन सरकार तल्लीन भएकै कारण जनताको आक्रोशले चरम रूप लिएको बताएका छन् । आज एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन्– ‘सुशासनको डरले आजभन्दा १४ महिनाअघि कांग्रेस र एमालेले मध्यरातमा सुरु गरेको असंवैधानिक र अप्राकृतिक गठबन्धनको पटाक्षेप दुःखद रुपमा तपाई हाम्रासामु देखिएको छ। भ्रष्टाचारविरुद्ध सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा मेरो नेतृत्वको सरकारले चालेका कदमबाट अत्तालिएका स्वार्थ समूहहरूको सेवामा गठबन्धन सरकार तल्लीन भएकै कारण जनताको आक्रोशले चरम रूप लियो ।’ जेन जी पुस्ताका युवाहरूको आवाजलाई बर्बर तरिकाले कुल्चिन सरकारले भयानक नरसंहार मच्चाएको उनको आरोप छ । ‘सामाजिक सञ्जाल प्रतिबन्ध…
काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकारको नेतृत्व लिन तयार रहेको बताएकी छिन् । भारतीय मिडिया न्युज १८ को कुराकानीमा उनले जेनजी आन्दोलनपछिको परिस्थितिमा चुनावी सरकारको नेतृत्व गर्ने आफू तयार रहेको बताएकी हुन् । ‘उनीहरूले मलाई भने । मलाई विश्वास गरे । म छोटो समय सरकार चलाउन सक्छु । चुनाव गराउँछु । मैले स्वीकार गरेँ,’ उनले भनिन् । साथै कार्कीले आन्दोलनका क्रममा ज्यान गुमाएका जेनजी युवाप्रति श्रद्धाञ्जली दिँदै उनीहरुका अभिभावकको मागलाई सम्बोधन गर्ने पनि बताइन् ।
काठमाडौं । एकीकृत समाजवादीका नेता प्रेम आलेको घर जलेको छ । काठमाडौंको महादेवस्थानस्थित आलेको घरमा अगजनी भएको हो । जेनजीको प्रदर्शनका क्रममा प्रदर्शनकारीले आगजनी गरेका हुन् ।
काठमाडौं। एमाले नेता महेश बस्नेतले आफ्नो घर तोडफोड र आगजनी भएपछि आज फेसबुकमा भावुक स्टाटस लेखेका छन्। उनले आफू घरबारविहीन भएको पनि उल्लेख गरेका छन्। ‘७७ वर्षका मेरा निर्दोष बुबा, ओपन हर्ट सर्जरी गराएकी ७२ वर्षकी आमा, राजनीति चासो नै नराख्ने मेरी श्रीमतीलाई आफ्नै घरमा आगो लगाउँदै त्यही भुंग्रोमा जिउँदै जलाउने प्रयास गरियो। म कठोर समयको सजाय भोग्दैछु,’-उनले लेखेका छन् ।
काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले नेपालको अवस्था नियालिरहेको बताएका छन् । नेपालको पछिल्लो अवस्थाबारे सामाजिक सञ्जाल एक्समा धारणा राख्दै मानवीय क्षतिप्रति दु:ख व्यक्त गरेका छन् । गुटेरससले हिंसालाई थप बढ्नबाट रोक्न संमय अपनाउन र संवाद गर्न अनुरोध गरेका छन् । मानव अधिकार कानूनको पालना गर्न आह्वान गर्दै गुटेरसले जीवन र सम्पत्तिको रक्षासहित शान्तिपूर्ण तरिकाले विरोध प्रदर्शन हुनुपर्ने बताएका छन् ।



