काठमाडौं। एमाले नेता महेश बस्नेतले आफ्नो घर तोडफोड र आगजनी भएपछि आज फेसबुकमा भावुक स्टाटस लेखेका छन्। उनले आफू घरबारविहीन भएको पनि उल्लेख गरेका छन्।
‘७७ वर्षका मेरा निर्दोष बुबा, ओपन हर्ट सर्जरी गराएकी ७२ वर्षकी आमा, राजनीति चासो नै नराख्ने मेरी श्रीमतीलाई आफ्नै घरमा आगो लगाउँदै त्यही भुंग्रोमा जिउँदै जलाउने प्रयास गरियो। म कठोर समयको सजाय भोग्दैछु,’-उनले लेखेका छन् ।







