काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकारको नेतृत्व लिन तयार रहेको बताएकी छिन् ।
भारतीय मिडिया न्युज १८ को कुराकानीमा उनले जेनजी आन्दोलनपछिको परिस्थितिमा चुनावी सरकारको नेतृत्व गर्ने आफू तयार रहेको बताएकी हुन् ।

‘उनीहरूले मलाई भने । मलाई विश्वास गरे । म छोटो समय सरकार चलाउन सक्छु । चुनाव गराउँछु । मैले स्वीकार गरेँ,’ उनले भनिन् । साथै कार्कीले आन्दोलनका क्रममा ज्यान गुमाएका जेनजी युवाप्रति श्रद्धाञ्जली दिँदै उनीहरुका अभिभावकको मागलाई सम्बोधन गर्ने पनि बताइन् ।






