Author: Bihanipatra

काठमाडौँ । नयाँ बानेश्वरमा जेनजीको प्रदर्शनमा सुरक्षा निकायले गरेको बल प्रयोगपछि मृत्यु हुनेको संख्या दश पुगेको छ । विभिन्न अस्पतालमा १२३ जना घाइतेको उपचार भइरहेको छ । अस्पताल स्रोतका अनुसार सिभिल अस्पतालमा मात्रै ५० जना घाइते उपचाररत छन् । सोही अस्पतालमा दुई जनाको मृत्यु भएको पुष्टि भएको छ । काठमाडौँ मेडिकल कलेजमा १४ जना घाइते पुगेका छन्, जसमा दुई जना गम्भीर अवस्थामा छन् । त्यसमध्ये एक जनाको मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा १३ जना घाइते पुगेका छन् भने एक जनाको मृत्यु भएको छ । ट्रमा सेन्टरमा ४० जना घाइतेलाई भर्ना गरिएको छ, जहाँ पाँच जनाको मृत्यु…

Read More

काठमाडौं । प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले हाल समाजमा देखा परेको सुरक्षा चुनौतिहरूको विश्लेषण गर्दै त्यस्ता चुनौतिहरूको सामना गर्न आवश्यक सुरक्षा रणनीति बनाई प्रभावकारी प्रहरी परिचालन गर्न निर्देशन दिनुभएको छ ।  नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तु लगायत प्रहरी गतिविधि र कामकाज सम्बन्धमा आइतबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक खापुङ्गले उक्त निर्देशन दिनुभएको हो । प्रहरी महानिरीक्षक खापुङ्गले आसन्न चाडपर्वहरूको समयमा कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन थप संवेदनशीलता अपनाई कार्य गर्नुपर्ने उल्लेख गर्दै आपराधिक गतिविधिको सूचना संकलन तथा विश्लेषणमा समेत थप सक्रियता अपनाउनु आवश्यक रहेको बताउनुभयो । आ-आफ्नो जिम्मेवार क्षेत्रहरूमा सुरक्षा व्यवस्थापनको निम्ति आवश्यक सुरक्षा…

Read More

काठमाडौं । सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका जेनजीले प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो च्यातेका छन् । माइतीघरबाट नयाँबानेश्वरतर्फ अघि बढेकाहरुले बबरमहलस्थित नेपाल टेलिकमको कार्यालय अगाडि प्रधानमन्त्री ओलीको फोटो च्यातेका हुन् । पोलमा राखिएको फोटो तल झारेर उनीहरुले च्यातेका छन् । भ्रष्टाचार, बेथिती र सामाजिक सञ्जालमा सरकारले प्रतिबन्ध लगाएको विरोधमा स्वस्स्फूर्त सडकमा उत्रिएका युवाहरुको जुलुस माइतीघरबाट नयाँबानेश्वरतर्फ अघि बढेको छ । राष्ट्रिय झण्डा बोकेर सडकमा ओर्लिएका उनीहरुले राष्ट्रभक्ति गाएका छन् । उनीहरुले विभिन्न नारा लेखिएका प्लेकार्डसमेत बोकेका छन् । कतिपय स्कुल–कलेजको ड्रेसमा देखिन्छन् । ‘असन्तुष्टि चरम छ, नेताको गोजी गरम छ’, ‘जेनजी चिच्याउँछ, भ्रष्टहरूलाई गिज्याउँछ’, ‘कता हिंडेको ट्याक्स लुटेर रु’, ‘स्वतन्त्र आवाज हाम्रो…

Read More

काठमाडौं । भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध आन्दोलित नयाँ पुस्ताका युवा ९जेनजी० हरूले राजनीतिक दल निकटका भ्रातृसंस्थाहरूलाई प्रदर्शनमा आउन रोक लगाएका छन् । स्वत-स्फुर्त रूपमा काठमाडौंको माइतीघर मण्डलामा भेला भएका उनीहरूले दल निकटका भ्रातृसंस्थालाई प्रदर्शनमा सहभागी हुन रोक लगाएका हुन् । उनीहरूले ‘जेनजी पुस्ता चिच्याउँछ, भ्रष्टहरूलाई गिज्याउँछ’ लगायतका नारा लेखेका प्लेकार्ड बोकेका छन् । कतिपय युवाहरू कलेज र स्कुल पोशाकमा समेत देखिएका छन् । पहिले सामाजिक सञ्जालका पोस्टमा मात्र सीमित सरकार र राजनीतिक दलका नेताविरुद्धको आक्रोशलाई जेनजीले सडकमा उतारेका हुन् ।

Read More

काठमाडौं । ‘उज्यालो नेपाल अभियान’ घोषणा गरेका कुलमान घिसिङले बेथिति र केही सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध जेन जीले गर्न लागेको प्रदर्शनमा ऐक्यबद्धता जनाएका छन् । घिसिङले सामाजिक सञ्जाल फेसबुकमार्फत जेन जीले सोमबार निकाल्ने जुलुसमा ऐक्यबद्धता जनाएका हुन् । ‘सरकारले कही सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको बिरोधमा जेन जी पुस्ताले भोलि निकाल्ने जुलुसमा उज्यालो नेपाल अभियानकोतर्फबाट ऐक्यवद्धता व्यक्त गर्दछौं,’ घिसिङले उल्लेख गरेका छन् ।

Read More

काठमाडौं । ‘उज्यालो नेपाल अभियान’ घोषणा गरेका कुलमान घिसिङले बेथिति र केही सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध जेन जीले गर्न लागेको प्रदर्शनमा ऐक्यबद्धता जनाएका छन् । घिसिङले सामाजिक सञ्जाल फेसबुकमार्फत जेन जीले सोमबार निकाल्ने जुलुसमा ऐक्यबद्धता जनाएका हुन् । ‘सरकारले कही सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको बिरोधमा जेन जी पुस्ताले भोलि निकाल्ने जुलुसमा उज्यालो नेपाल अभियानकोतर्फबाट ऐक्यवद्धता व्यक्त गर्दछौं,’ घिसिङले उल्लेख गरेका छन् ।

Read More

विश्वमा अहिले पुस्ता अनुसारको अध्ययन र वर्गीकरण सामान्य कुरा बनेको छ। बेबी बुमर, जनरेशन-एक्स, मिलेनियल्स भन्ने सुनेझैँ पछिल्लो पुस्तालाई जेन-जी (Gen Z) भनेर चिनिन्छ। तर, जेन-जी किन महत्त्वपूर्ण छन् र उनीहरूको विशेषता के हो भन्नेबारे अझै प्रष्ट बुझ्नुपर्ने देखिन्छ। कसलाई भनिन्छ जेन-जी ? जेन-जी भन्नाले करिब सन् १९९७ देखि २०१२–२०१५ सम्म जन्मिएका पुस्तालाई जनाइन्छ। मिलेनियल पुस्ता (१९८१–१९९६) पछि आएको यो पुस्ता अहिले किशोरदेखि युवा उमेरमा छ। यही पुस्ता विश्वविद्यालय पढ्दैछ, रोजगारी खोज्दैछ, उद्यमी हुँदैछ र सामाजिक सञ्जालमा सबैभन्दा सक्रिय छ। डिजिटलसँगै हुर्किएका जेन-जीलाई प्रायः डिजिटल नेटिभ भनिन्छ। विशेषता र सोच १. छिटो परिणाम चाहने : छोटकरी भिडियो, सजिलो एप्स र…

Read More

काठमाडौं । जेन-जीलाई प्रदर्शन गर्न प्रशासनले अनुमति दिएको छ । माइतीघर-नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गर्न अनुमति माग्न जेन-जी केही विद्यार्थीहरू जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेकाे प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजालले बताए । ‘भोलिको प्रदर्शनका लागि भनेर उहाँहरु आउनु भएको थियो । निषेधित क्षेत्र बाहेकका ठाउँमा शान्तिपूर्ण प्रदर्शन गर्न अनुमति दिएका छौं,’ रिजालले भने । सरकारले समाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, देशमा व्याप्त भ्रष्टाचार, बेथिति नेता र उनीहरुको छोराछोरीहरूको बिलासी जीवनशैलीमा प्रश्न गर्दै जेनजीहरुले सोमबार प्रदर्शन गर्ने घोषणा गरेका छन् ।

Read More

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले जेनजीको आन्दोलनमा आफू पनि सरिक हुने बताएका छन् । उनले आफु पनि सहभागी हुने बताउँदै सरकारले चैत १५ गतेजस्तो दमन नगरोस् भनेका छन्। ‘भ्रष्टाचारविरुद्धको यस महा अभियानमा सबै नेपाली दाजुभाइ दिदीबहिनी हरूलाई धन्यवाद छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो देश र नेपाली नागरिक जोगाउने आन्दोलनमा म आफै सरिक हुनेछु , गत चैत १५ गतेको जस्तो सरकारले दमन नगरोस्।’

Read More

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका नेताहरुले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति गम्भीर असन्तुष्टि जनाएका छन्। सभापति शेरबहादुर देउवा निवासमा आइतबार बिहान बसेको कार्यसम्पादन समितिको बैठकमा सहभागी नेताहरुले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयमा असन्तुष्टि जनाएका हुन् । सहमहामन्त्री जीवन परियारका अनुसार सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा सरकारसँग छलफल गर्ने निर्णय भएको छ । बैठकमा सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरुमा पर्यटनमन्त्री बद्री पाण्डे मात्रै सहभागी थिए । उनी चीनमा रहेको बेला सरकारले निर्णय गरेको हुँदा पाण्डेले सामाजिक सञ्जाल बन्द गर्नुपरेको कारणबारे सरकारी धारणा नराखेको बताइएको छ । सरकारमा सहभागी रहेका अरु मन्त्रीहरुसँग छलफल गरेर पार्टीको औपचारिक धारणा सार्वजनिक गर्नेबारे आज…

Read More