Author: Bihanipatra

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामान्य कामका लागि पनि धेरै प्रक्रिया देखाउने र काम पन्छाउने प्रवृत्तिमा कर्मचारीले परिवर्तन ल्याउन आवश्यक रहेको बताएका छन् । आज निजामती सेवा दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले सो धारणा राखेका हुन् । निजामती सेवाको काममै सरकारको प्रभावकारिता निर्भर हुने बताउँदै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘निजामती सेवा सरकारलाई जनता समक्ष पुयाउने मुख्य जिम्मेवारी हो । सरकारका नीति तथा कार्यक्रमलाई जनस्तरमा कार्यान्वयन गर्ने निजामती सेवाको काममै सरकारको प्रभावकारिता निर्भर हुन्छ । बदलिंदो विश्व परिवेश, नयाँ प्रविधि र जनअपेक्षा बमोजिम निजामती सेवाले आफूलाई रुपान्तरण गर्न जरुरी छ ।’ पछिल्लो दिनमा निजामती सेवाका आदर्श, मूल्य मान्यता,…

Read More

रासस, भक्तपुर । आश्विन शुक्ल पूर्णिमाका अवसरमा आज साँझ मध्यपुरथिमिमा ‘येंया पुन्ही म्ये प्वाः खनेगु जात्रा’ (जिब्रो छेड्ने जात्रा) हुँदैछ । जात्रा मध्यपुरथिमि–५ दिगुलीस्थित दिगुभैरव डबलीबाट साँझ ७ः०० बजे सुरु हुन्छ । यस वर्ष पनि मध्यपुरथिमि–४ बालकुमारीका साहसी संस्कृतिप्रेमी युवा वीरेन्द्रभक्त गजु श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदैछन् । मध्यपुरथिमिमा दुईवटा जिब्रो छेड्ने जात्रा प्रचलनमा रहेको छ । पहिलो बिस्काः जात्राका अवसरमा प्रत्येक वर्ष वैशाख २ गते बोडेमा हुने जिब्रो छेड्ने जात्रा र दोस्रो इन्द्रजात्राको भोलिपल्ट अर्थात् आश्विन शुक्ल पूर्णिमाको दिन थिमिमा मनाइने ‘येंया पुन्ही म्ये प्वाः खनेगु जात्रा’ । दुवै जात्राको आआफ्नै विशेषता छ । बोडेको जिब्रो छेड्ने जात्रामा…

Read More

काठमाडौँ । नेपाल मोर्डन पेन्टाथलोन संघ बागमती प्रदेशको महासचिवमा पुनः रवि किरण खड्का निर्वाचित भएका छन् ।  आज(सनिवार) काठमाडौको लाजिम्पाट स्थित बुटिक होटलमा सम्पन्न अधिवेशनबाट खड्का महासचिवमा निर्वाचित भएका हुन् । कमल प्रसाद ढकालको अध्यक्षतामा १९ सदस्यीय कमिटी निर्वाचित भएको छ। खड्का लामो समयदेखी खेलकुदको विभिन्न क्षेत्रमा महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्दै आइरहेका छन् । उनलेे खेलकुदमा भैरहेको राजनीतिकरण ,भ्रष्टाचार र मनोमानी रोक्नको लागि आफू पुनः महासचिवमा निर्वाचित भएको बताए । खेल संघमा गैर खेलाडी ,पार्टीका कार्यकर्ता भर्ती केन्द्र बनाउन नदिनु खड्काको मुख्य उदेश्य छ । पेन्ताथलोन ओलम्पिक स्क्वाडमा २ नम्बरमा भएतापनी नेपालमा भने भर्खर विस्तार हुँदै गइरहेको छ ।

Read More

काठमाडौं ।  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१४ बस्ने प्युठान नौबहिनी गाउँपालिका-१ घर भएका ३४ वर्षीय विशाल बुढा मगर, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ बस्ने झापा बुद्धशान्ति गाउँपालिका-२ घर भएका ३० वर्षीय निकेश ढुङ्गाना र ललितपुर महालक्ष्मी नगरपालिका-३ बस्ने महोत्तरी गौशाला नगरपालिका-९ घर भएका ४४ वर्षीय योगेन्द्र सिंह दनुवार रहेका छन् । पक्राउ मध्ये विशालले क्यानडा पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १५ लाख ३० हजार रूपैयाँ, निकेशले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४१ लाख रूपैयाँ र योगेन्द्रले अल्बानिया पठाइदिन्छु भन्दै १…

Read More

काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र भारतबीचको सम्बन्ध धेरै विशेष रहेको बताएका छन्। ट्रम्पले आफू र प्रधानमन्त्री नरेन्द्र मोदी सधैँ साथी रहने र चिन्ता गर्नुपर्ने कुनै कुरा नभएको बताएका हुन्। उनले मोदीलाई महान प्रधानमन्त्री पनि भनेका छन्। यस्तै प्रधानमन्त्री नरेन्द्र मोदीले ट्रम्पको भनाइको प्रशंसा गरेका छन्। उनले राष्ट्रपति ट्रम्पको भावनाको पूर्ण हृदयले कदर गर्ने र पूर्ण समर्थन गर्ने बताए। ʻम राष्ट्रपति ट्रम्पको भावना र हाम्रो सम्बन्धबारे ट्रम्पको सकारात्मक विचारको कदर गर्छु। भारत र संयुक्त राज्य अमेरिकाबीच धेरै सकारात्मक र अग्रगामी व्यापक र विश्वव्यापी रणनीतिक साझेदारी छ,ʼ उनले सामाजिक सञ्जाल एक्समा भने। यसअघि ट्रम्पले आफूहरुले भारत र रुसलाई चीनको हातमा…

Read More

काठमाडौं । सत्ततारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसले देशमा नै रोजगारी सिर्जना गरेर युवा पलायन रोक्ने सपना देख्नुपर्ने बताएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले हरेक कांग्रेसले देखेको सपनालाई आम नागरिकको सपना बनाउने र त्यो पूरा गर्न प्रतिबद्ध हुनुपर्नेमा जोड दिएका हुन् । ‘देशभरी पूर्वाधार बनेको छ । देशभरी विकास भएको छ, थुप्रै कुराहरु बदलिएको छ । तर यो बदलिएको सँगसँगै मान्छेहरूको आकांक्षाहरू पनि बढेको छ, जुन स्वाभाविक हो’ उनले भने, ‘हाम्रा मानिसहरू बाहिर काम गर्न गएका छन् ।’ उनले थपे, ‘म अस्ति कोरिया गएर आएँ, कोरियामा एउटा केटोले महिनाको दुई लाख बचत गर्छ ।…

Read More

काठमाडौँ । स्वास्थ्य बीमामा आबद्ध भएका नागरिकहरूले आठ प्रकारका कडा रोगको उपचार तथा विपन्न नागरिकको एकीकृत सुविधा आउँदो १ कात्तिकदेखि पाउने भएका छन् । स्वास्थ्य मन्त्रालयले सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमहरूलाई एकीकृत गर्ने निर्णयअनुसार आगामी कार्तिक देखि यो व्यवस्था लागु गर्न लागेको हो । एकीकृत सुविधाको कार्यान्वयनका लागि मन्त्रालयले हालसालै ‘विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८२ (पहिलो संशोधन)’ स्वीकृत गरेका थियो । संशोधित निर्देशिकाअनुसार, विपन्न नागरिकले पाउँदै आएको उपचार सुविधाको सम्पूर्ण भुक्तानी स्वास्थ्य बीमा बोर्डमार्फत हुने व्यवस्था गरिएको थियो । यो सुविधा १ कात्तिकदेखि स्वास्थ्य बीमा प्रणालीमार्फत मात्र उपलब्ध हुने भएकाले हाल उपचार सेवा लिइरहेका वा नयाँ सेवा लिन…

Read More

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी २०८४ को निर्वाचनमा आफ्नो पार्टीलाई बहुमत ल्याउनबाट कसैले रोक्न नसक्ने बताएका छन् । शुक्रबारबाट सुरु भएको पार्टीको दोस्रो विधान महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले उक्त निर्वाचनमा आफूहरू पनि सरकारमै हुने भन्दै धाँधली हुन नदिने बताए । ‘०८४ मा हामीले एकल बहुमत ल्याउनुपर्छ । कम्तीमा एकल बहुमत ल्याउनुपर्छ । यदि हामी जनताका बीचमा सक्रियतापूर्वक गयौँ भने, हाम्रा सदस्य र समर्थक परिचालन गरेर गयौँ भने बहुमत ल्याउनबाट कसैले रोक्न सक्दैन । हामी बहुमत ल्याउन सक्छौँ,’ ओलीले भने ।

Read More

काठमाडौं । सर्वसाधारणका लागि आजदेखि झापा इनर्जीको प्राथमिक सेयर (आईपीओ)मा आवेदन खुलेको छ । कुल ४ लाख ७३ हजार ३३६ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन भएको हो । आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई यसअघि नै आईपीओ बाँडफाँट भइसकेको छ । कम्पनीको कुल जारी पूँजी ३८ करोड १ लाख ९० हजार रुपैयाँ छ । न्यूनतम १० कित्ता तथा अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने बिक्री प्रवन्धक हिमालयन क्यापिटलले जनाएको छ । भदौ २४ गतेसम्म कम्पनीमा आवेदन दिन सकिनेछ । कम्पनीले इक्रा नेपालबाट बी माइनस रेटिङ पाएको छ । गत आर्थिक वर्ष चैत मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी ४…

Read More

काठमाडौँ। बागमती प्रदेश सरकारले १० लाख वा १० लाखभन्दा बढीका योजनाहरू ठेक्का प्रक्रियाबाट कार्यान्वयन गर्ने निर्णय गरेको छ । बिहीबार हेटौँडामा बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयको सिफारिसमा यो निर्णय गरेको हो । सकारका प्रवक्तासमेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले १० लाखमाथिका योजना ठेक्का प्रक्रियाबाट कार्यान्वयन गर्ने मन्त्रिपरिषदबाट निर्णय भएको जानकारी दिए । मन्त्रालयले १७ भदौमा मन्त्री स्तरीय निर्णय गरेर १९ भदौमा मन्त्रिपरिषदबाट अनुमोदनका लागि पठाएको थियो । मन्त्री तामाङले निर्णय तत्काल कार्यान्वयनमा जाने जानकारी दिए । सरकारले यो निर्णय लिनुअघि बुधवार मन्त्रीहरू र सचिवबीच छलफल पनि भएको थियो । बागमती प्रदेशमा पहिलो…

Read More