काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देशको विषम परिस्थितिको शान्तिपूर्ण समाधानका लागि आन्दोलनकारी नागरिकलगायत सबै पक्षलाई वार्तामा आउन आह्वान गरेका छन्। मंगलबार जारी अपिलमा उनले लोकतन्त्रमा नागरिकले उठाएका मागहरू वार्ता र संवादमार्फत समाधान गर्न सकिने भएकाले संयमता अपनाउन आग्रह गरेका छन्। राष्ट्रपतिले भनेका छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत भइसकेको अवस्थामा मुलुक, जनता र लोकतन्त्रलाई माया गर्दै समस्या समाधानका लागि सबै पक्षले सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु।’
Author: Bihanipatra
काठमाडौं । जेनजीहरूले सिंहदरबार गेटमा सुरक्षाकर्मीले बोकेका हतियार खोसेर आफैं पड्काएका छन् । सिंहदरबार वरपर प्रदर्शन गरिरहेका उनीहरूले गेटमा सुरक्षाकर्मीको बन्दुक खोसेर पड्काएका हुन् । सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, विशेष अदालत, जिल्ला अदालत, पार्टीका शीर्ष नेताको घर, कार्यालय लगायतमा प्रदर्शनकारीहरूले लगातार आगो लगाइरहेका छन् ।
काठमाडाैँ । साेमबार जेनजी प्रदर्शन र सरकारले गरेको दमन र बल प्रयोगको रिपोर्टिङका लागि विभिन्न अन्तर्राष्ट्रिय मिडिया नेपाल आएका छन् । दैनिक भास्कर, एनडी टिभीलगायतका भारतीय मिडिया नेपाल आएका हुन् । मंगलबार बिहान नयाँबानेश्वर क्षेत्रमा उनीहरूले रिपाेर्टिङ गरिरहेको छ ।
काठमाडौँ । उज्यालो नेपाल अभियानका अभियान्ता कुलमान घिसिङले जेन-जी पुस्ताले सोमबार देशभर गरेको शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा सरकारले गरेको हिंसात्मक दमनको निन्दा तथा भर्त्सना गरेका छन्। जेनजी पुस्ताद्वारा आयोजित विरोध प्रदर्शनका क्रममा राज्यले दमन गर्दा कम्तीमा १९ जना युवाहरूको ज्यान गएको छ। ‘राज्यले कलिला युवाहरूमाथि क्रूरतापूर्ण दमन गरेकोले यो आन्दोलनले अब जेनजीको मात्रै नभएर आम नेपाली जनताको आन्दोलनको रूप लिएको छ,’ घिसिङले भने। ‘सोमबारको दिन नेपालको इतिहासमा कालो अक्षरले लेखिने दिन हो। देशभित्र व्याप्त बेथिति, बढ्दो भ्रष्टाचार, सामाजिक सञ्जाल बन्द लगायतका विषयलाई लिएर जेनजी पुस्ताले सोमबार देशभर स्वतःस्फूर्त गरेको शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा सरकारले गरेको हिंसात्मक दमनको घोर निन्दा एवम्…
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जेन–जी पुस्ताको आन्दोलनका क्रममा भएको अप्रत्याशित र विषम परिस्थितिलाई ध्यानमा राखेर संयमतापूर्वक समस्याको निकास निकाल्न सम्बन्धित पक्षलाई अपील गरेका छन् । राष्ट्रपतिले सोमबार भएको प्रदर्शनका क्रममा ठूलो संख्यामा नागरिक हताहत भएको घटनाप्रति मर्माहत भएको समेत बताएका छन् । ‘अप्रत्याशित रुपमा आज भएको यस्तो घटनाले आफूलाई अत्यन्तै चिन्तित तुल्याएको छ । आजको विषम परिस्थितिलाई ध्यानमा राखेर शान्ति र संयमपूर्वक समस्याको निकास निकाल्न सबै पक्षलाई अपील गर्नु भएको छ’ राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले भने ।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेले आज काठमाडौँलगायत देशभरि भएको ‘जेनजी’ पुस्ताको आन्दोलनका क्रममा भएको जनधनको क्षतिको घटनाबारे दुःख व्यक्त गरेको छ । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमद्वारा आज साँझ जारी विज्ञप्तिमा हृदयविदारक र दुःखद् घटनाले मर्माहत बनाएको उल्लेख छ । आन्दोलन हिंसात्मक बन्दा प्रहरीले चलाएको गोली लागेर काठमाडौँ र इटहरीमा गरी १९ जनाको मृत्यु भएको छ भने तीन सयभन्दा बढी घाइते भएका छन् । आज मुलुकमा जेनजी, नेपालको आयोजनाका नाममा भएको आन्दोलनले हिंसात्मक रूप लिएपछि दजनौँ व्यक्तिको मृत्यु भएको छ । ठुलो मात्रामा सरकारी सम्पत्ति नष्ट भएको छ । यो एउटा हृदयविदारक र दुःखद् घटना…
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमाथिको जारी प्रतिबन्ध फुकुवा गर्न अस्वीकार गरेका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सामाजिक सञ्जालमाथि जारी प्रतिबन्ध फुकुवा गरिनुपर्ने धारणा राखेका थिए । तर, प्रधानमन्त्री ओलीले सरकारको निर्णय सही रहेको भन्दै निर्णयमाथि पुनर्विचार गर्न नसकिने धारणा राखेका एक मन्त्रीले जानकारी दिए । यसबारे पौडेलले कांग्रेसको तर्फबाट जोडतोडका साथ जेनजीको आन्दोलन चर्किएको बेला सरकारले सामाजिक सञ्जालमाथिको प्रतिबन्धलाई निरन्तरता दिन नहुने धारणा राखेका थिए । तर, ओलीले जेनजीको आन्दोलनमा घुसपैठ भएको भन्दै अराजकता मच्चाउन खोज्नेहरूको चाहना पूरा हुन नदिने धारणा राखेको ती मन्त्रीको भनाइ छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर…
काठमाडौँ । सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेपछि गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्री लेखकले राजीनामा दिएका हुन् । जेनजीहरूको प्रदर्शनका क्रममा अहिलेसम्म १९ जनाले ज्यान गुमाइसकेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार आकस्मिक रूपमा पदाधिकारीको बैठक बोलाएका थिए। जहाँ गृहमन्त्री लेखकसमेत सहभागी थिए। बैठकका एक सहभागीका अनुसार लेखकले दिनभरका घटनक्रमबारे बैठकलाई जानकारी गराए। बैठकमा सहभागी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा पूर्वगृहमन्त्रीसमेत रहेका पूर्वमहामन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलाले जेनजीले सोमबार गरेको प्रदर्शन सर्वसाधारणको मृत्य तथा घाइते प्रति नैतिक जिम्मेवारी लिँदै राजीनामा दिन गृहमन्त्री लेखकलाई सुझाव दिए।
काठमाडौं । नेपाली कांग्रेसका नेता कार्यकर्ताले गृहमन्त्री रमेश लेखकले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । जेनजीले गरेको विरोध प्रदर्शनमा गरिएको प्रहरी दमनबाट १७ जनाको मृत्यु र दर्जनौं घाइते भएका छन् । प्रहरी दमनको विरोध गर्दै गृहमन्त्री लेखकको राजीनामा नेता कार्यकर्ताले मागेका हुन् । केन्द्रीय सदस्य एवं योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. गोविन्द पोखरेलले गृहमन्त्री लेखकको राजीनामा माग गरेका हुन् । ‘गृहमन्त्रीले तुरुन्तै राजीनामा दिनुपर्यो । यदि नदिए पार्टीले तुरुन्तै फिर्ता बोलाउनु पर्यो,’ पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘युवाहरुको मृत्युप्रति गृहमन्त्री लेखक उत्तरदायी हुनुपर्छ ।’ गृहमन्त्रीको उत्तरदायित्वप्रति प्रश्न उठाउँदै कांग्रेसका कार्यकर्ताहरुले राजीनामा माग गरेका छन् । नेविसंघकी पूर्व नेता एलिजा ढकालले गृहमन्त्री…



