काठमाडौँ । सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेपछि गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्री लेखकले राजीनामा दिएका हुन् ।
जेनजीहरूको प्रदर्शनका क्रममा अहिलेसम्म १९ जनाले ज्यान गुमाइसकेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार आकस्मिक रूपमा पदाधिकारीको बैठक बोलाएका थिए। जहाँ गृहमन्त्री लेखकसमेत सहभागी थिए। बैठकका एक सहभागीका अनुसार लेखकले दिनभरका घटनक्रमबारे बैठकलाई जानकारी गराए।
बैठकमा सहभागी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा पूर्वगृहमन्त्रीसमेत रहेका पूर्वमहामन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलाले जेनजीले सोमबार गरेको प्रदर्शन सर्वसाधारणको मृत्य तथा घाइते प्रति नैतिक जिम्मेवारी लिँदै राजीनामा दिन गृहमन्त्री लेखकलाई सुझाव दिए।






