काठमाडौँ । सनिबार बिहानबाट काठमाडौँका सडकमा सेना हटाइएको छ। शुक्रबार नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएसँगै अहिले सडक सुरक्षाको जिम्मेवारी नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सम्हालेका छन्।
यससँगै उपत्यकाको ट्राफिक व्यवस्थापन पनि सामान्य बन्दै गएको छ। ट्राफिक प्रहरीहरू सडकमा खटिएका छन् भने उपत्यकाको जनजीवन सामान्य लयमा फर्किन थालेको छ।

पछिल्लो समय जेन-जी ले देशभर गरेको आन्दोलनका कारण उत्पन्न तनावपूर्ण अवस्थालाई नियन्त्रणमा लिन सरकारले सेना परिचालन गरेको थियो।






