काठमाडौँ । ई-७ भिसामार्फत नेपाली कामदार कोरिया जान नपाउने भएका छन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्देशनपछि दक्षिण कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि कार्यान्वयन नहुने भएको हो ।

वैदेशिक रोजगार विभागले बुधवार एक सूचना जारी गर्दै यो जानकारी गराएको हो।
विभागका अनुसार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय दिएको निर्देशन अनुसार जी टु जी माध्यमबाट ई–७ भिसामा कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी उक्त कार्यविधि, २०८० कार्यान्वयन नगर्न भनेको छ ।
मन्त्रालयको निर्देशनसँगै यो कार्यविधि तत्कालका लागि कार्यान्वयनमा नआउने भएको हो। विभागले यस सम्बन्धी सम्पूर्ण सरोकारवालालाई जानकारी गराउनका लागि यो सूचना प्रकाशित गरेको जनाएको छ।







