काठमाडौँ । ऊर्जा,जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् । सोमबार उनले पदभार ग्रहण गरेका हुन् ।
नवनियुक्त ऊर्जामन्त्री घिसिङले पदभार ग्रहण गर्दै कुनै सरकारी सुविधा नलिने घोषणा गरेका छन् । उनले आफ्नो नामको तलबभत्ता शहीदहरूको सहयोग कोषमा राख्ने उल्लेख गरेका छन् ।

सुरक्षाका लागि आवश्यक पर्ने सुरक्षाकर्मीबाहेक अन्य कुनै सुविधा नलिने र भ्रष्टाचारविरुद्ध आफूले शून्य सहनशिलता अपनाउने बताए ।






