काठमाडौं । गायक हरि पौड्याल र रोजिना बस्नेतको आवाजमा डान्सिङ गित ´फुलको बोटैमा` सार्वजनिक भएको छ । पुष्प सुनुवारको शब्द रचनालाइ गायक तथा सङ्गितकार सौगात जङ्ग थापाले सङ्गीत गरेका हुन् भने विशाल निरौलाको एरेन्ज रहेको छ । गायक हरी पौड्याललाइ भोइस अफ नेपाल बाट सिजन ५ बाट चर्चामा आएकी गायिका रोजिना बस्नेतले भोकलमा साथ दिएकी छन् । टिपिकल शब्द रचनामा तयार भएको गितलाइ सङ्गितकार थापाले उत्कृस्ट सङ्गीत गरेका छन् । बालाजुको स्टुडियोमा छायांकन गरेको भिडियोमा मोडल सुधिर श्रेस्ठ,बिना राउत जस्ता चर्चित कलाकारहरुको अभिनय रहेको छ। भिडियोको कोरियाग्राफर सुरेश पाण्डेले गरेका थिए । युवराज खत्रीको निर्देशनमा तयार भएको भिडियोलाइ सुजन श्रेस्ठले…
Author: Bihanipatra
जिल्ला प्रशासन कार्यालय काभ्रेले दसैँभर जिल्लामा मालवाहक सवारीको साधन टिप्पर सञ्चालनमा रोक लगाएको छ। जिल्ला सुरक्षा समितिको गत भदौ ३० गतेको निर्णयानुसार दसैँभर जिल्लामा टिप्पर सञ्चालनमा रोक लगाएको जनाइएको छ। कार्यालयद्वारा प्रकाशित सार्वजनिक अपिलमा यही असोज ६ देखि असोज २२ गतेसम्म टिप्पर सञ्चालन नगर्न भनिएको हो। सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठद्वारा जारी अपिलमा यात्रु तथा सर्वसाधारणको जीवन सुरक्षा, सडक दुर्घटना न्यूनीकरण र सहज आवागमन सुनिश्चित गर्न टिप्पर सञ्चालन रोक लगाइएको उल्लेख गरिएको छ। यस अवधिभर टिप्पर सञ्चालन गरी सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को उल्लङ्घन गरेको पाइएमा कानुनबमोजिम कडा कारबाही गरिने श्रेष्ठले बताए। उनका अनुसार अत्यावश्यक सेवाका…
कञ्चनपुर । भीमदत्त नगरपालिका–९ का खल्ला मसेट्टी र टुँडिखेल जिल्लाकै विकट बस्ती हुन् । यहाँ माध्यमिक तहको विद्यालय नहुँदा यहाँका बालबालिका दुई घण्टा पैदल हिँडेर ब्रह्मदेवस्थित सिद्धबैजाथ विद्यालय पुग्ने गरेका छन् । ब्रह्मदेवस्थित सिद्धनाथ माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत सरिता बोहरा वर्षात्को समयमा विद्यालय आवतजावत गर्न निकै सास्ती खेप्नुपरेको बताउछिन् । “गाउँमा कक्षा ८ सम्मको मात्रै विद्याललय छ त्यसपछि हामीले अध्ययनका लागि दुई घण्टा पैदल हिँडेर ब्रह्मदेव पुग्नुपर्छ”, उनले भनिन्, “वर्षात्को समयमा विद्यालय जान पाउँदैनौँ, बाढीपहिराले सडक बन्द हुन्छ ।” विद्यालय टाढा भएकै कारण आफ्ना धेरै साथीहरु विद्यालय छाड्न बाध्य भएको बोहराले बताइन् । उनले भननिन्, “एक्लै आवतजावत गर्न…
काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले अर्थ मन्त्रालय मातहतका निकाय र बैंक तथा वित्तीय संस्थाका कर्मचारीले गर्नुपर्ने काम नगरेमा सिधै मन्त्रीलाई गुनासो गर्न मिल्ने व्यवस्था गरेका छन् । सोमबार मन्त्री खनालले आफ्नो इमेल वा मन्त्रालयको टोल फ्री नम्बरमा उजुरी गर्न सूचना जारी गरेका हुन् । सोमबार मन्त्रालयले एक सूचना प्रकाशित गर्दै कर्मचारीले गर्नुपर्ने काम नगरेको, नगर्नुपर्ने काम गरेको वा अनुचित कार्यकाको लागि दबाब दिएको र घुस तथा रिसवत मागेमा सिधै अर्थमन्त्रीलाई इमेल गर्न मिल्ने व्यवस्था गरिएको जानकारी दिएको छ । अर्थमन्त्री खनालले यसको लागि उपसचिव निरन भट्टराई र शाखा अधिकृत पवित्रा ज्ञवालीलाई सम्पर्क व्यक्ति पनि तोकेका छन् ।
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा सिफारिस भएका महावीर पुनले आफूलाई ‘कवाडी वैज्ञानिक मन्त्री’ भन्न आग्रह गरेका छन्। आज बिहान सामाजिक सञ्जालमार्फत पहिलो घोषणा गर्दै उनले आफूलाई मन्त्री नभन्न आग्रह गरेका हुन्। उनले आफूलाई मन्त्री भएकोमा बधाई भनेर फोन नगर्न र खादा माला लिएर नआउन आग्रह गरे। उनले शिक्षा विज्ञान र प्रविधिको क्षेत्रमा ५ महिनाभित्र गर्न सकिने ठोस काम भए ह्वाटसपमा पठाउन आग्रह गरे। ‘मेरो पहिलो घोषणा – कसैले पनि “लौ बधाई छ भनेर फोन नगर्नु होला र बधाई दिन खादा माला लिएर नआउनु होला । बरु शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा ५ महिना भित्र गर्न सकिने र गर्ने पर्ने ठोस…
गाजा । गाजा सहरको साबरा क्षेत्रमा इजरायली सेनाले गरेको आक्रमणमा एकै परिवारका कम्तीमा २५ जनाको मृत्यु भएको छ। इजरायलले गाजा पट्टीमा आफ्नो आक्रमणलाई तीव्र पारेको छ। आइतबार बिहानै इजरायली युद्धक विमानहरूले साबरा क्षेत्रमा घरहरूको समूहमा बमबारी गरेको थियो। गत अगस्टको अन्त्यमा इजरायली ट्याङ्कहरूले यस क्षेत्रलाई ध्वस्त पार्ने र कब्जा गर्ने योजनाका साथ अघि बढ्न थालेका थिए। आक्रमणपछि कम्तीमा १७ जनाको उद्धार गरिएको छ भने अन्य ५० जनासम्म भग्नावशेषमुनि फसेको हुनसक्ने अनुमान गरिएको छ। मानिसहरू र आपत्कालीन उद्धारकर्ताहरूले आफ्नो हातले भग्नावशेष हटाएर उद्धार कार्य जारी राखेका छन्। प्यालेस्टिनी परिवारले भग्नावशेषमा फसेका अन्य सदस्यहरूलाई बाहिर निकाल्न मद्दतका लागि तत्काल अपिल गरेका छन्।…
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ५ जना मन्त्रीहरूको नाम राष्ट्रपति समक्ष सिफारिस गरेकी छिन् । उनले आफ्नो समूहमा आइतबार साँझ गहन छलफल गरेपछि पूर्वन्यायाधीश अनिल कुमार सिन्हा, पत्रकार जगदीश खरेल, अतिरिक्त सचिव डा।संगिता मिश्रा, वैज्ञानिक महावीर पुन र तत्कालीन राज्य पुनर्संरचनाका संयोजक समेत रहेका डा। मदन परियारलाई मन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेकी हुन् । सिफारिस भएका मन्त्रीहरूको नियुक्ति र शपथ आज २ बजे हुने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री बन्ने भएका छन् । आइतबार प्रधानमन्त्री कार्कीले पुनलाई शिक्षा मन्त्रीका लागि राष्ट्रपति रामचन्द्र पौडेलले समक्ष नाम सिफारिस गरेकी हुन् । राष्ट्रिय आविष्कार केन्द्रको स्थापना, रोजगारी सिर्जना, नवप्रवर्तनका क्षेत्रमा गरेका अनुकरणीय कामले पुन परिचित छन् ।
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सञ्चारमन्त्रीमा जगदीश खरेलको नाम सिफारिस गरेकी छिन् । उनले आइतबार राष्ट्रपति समक्ष खरेलको नाम सिफारिस गरेकी हुन् । नाम सिफारिस गरेसँगै खरेल सन्चार मन्त्री बन्ने पक्का भएको हो। पत्रकार खरेल इमेज टिभीका समाचार प्रमुख थिए । दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता गरिरहेका खरेलले त्रिभूवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर गरेका छन् । उनी अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विषयमा विद्यावारिधी गरिरहेका छन् ।
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच सिंहदरबारमा भेटवार्ता भएको छ। भेटमा राजदूत श्रीवास्तवले हालै मन्त्री बनेका घिसिङलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे। सो अवसरमा नेपाल–भारतबीच ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रका सहकार्य, भारतीय सहायतामा निर्माणाधीन आयोजनाको प्रगति र आगामी कार्ययोजनासम्बन्धी विषयमा विस्तृत छलफल भएको मन्त्री घिसिङको सचिवालयले जनाएको छ। छलफलमा ऊर्जा तथा जलस्रोत क्षेत्रका द्विपक्षीय संयन्त्रको बैठक आयोजना गर्ने, महाकाली सिँचाइ आयोजना (तेस्रो चरण) बाट नेपालतर्फ पानी पठाउने, भारतीय सहयोगमा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजना को प्रगति, इनरुवा–पूर्णिया र न्यू लम्की–बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइन को निर्माण र नेपालबाट भारततर्फ…



