काठमाडौं । मनसुन सक्रिय भएसँगै बिपी राजमार्गमा रातिमा सवारी आवागमन बन्द गरिएको छ। विपद्को घटना हुन नदिनका लागि रातिमा सवारी आवागमन बन्द गरिएको प्रहरीले जनाएको छ।
अर्को सूचना नआएसम्म प्रत्येक दिन बेलुका ८ः०० देखि बिहान ५ः०० बजेसम्म बिपी राजमार्गमा भाडाका सवारीसाधन आवागमनमा रोक लगाइएको हो। अन्य निजी सवारीसाधन भने सञ्चालनमा रहेको छ।






