काठमाडौं । सरकारले जेन–जी आन्दोलनमा दमनमा संलग्न रहेका र भ्रष्टाचार एवं सम्पत्ति सुद्धीकरणको अनुसन्धानको दायरामा रहेका नेताहरूको राहदानी (पासपोर्ट) रोक्का गर्ने तयारी गरेको छ।
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले कांग्रेस, नेकपा एमाले, माओवादी (केन्द्र) लगायत दलका शीर्ष नेताहरूको राहदानी रोक्का गर्ने प्रक्रिया अघि बढाएको हो।

निवर्तमान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली, गृहमन्त्री रमेश लेखक, कांग्रेस सभापति शेरबहादुर देउवा र पत्नी आरजु राणा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत शीर्ष नेताहरूको पासपोर्ट रोक्का गर्ने तयारी गरिएको मन्त्रिपरिषद स्रोतले बतायो।






