काठमाडौं । आफूलाई जेन-जी आन्दोलनको अगुवा दावी गर्ने सुदन गुरुङले आगामी निर्वाचनमा परम्परागत दलका नेताहरूलाई घरबाट बाहिर निस्कन नदिने बताएका छन्। आज रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो घोषणा गरेका हुन्।

पत्रकारले उनलाई सोधेका थिए, “तपाईंहरूको आ’न्दोलनले के उपलब्धि हासिल गर्यो? फेरि पनि ६ महिनापछि तिनै दल आउँछन् नि।”
गुरुङले जवाफमा भने, “हामी फेरि आन्दोलन गर्छौं। उनीहरूलाई आउनै दिँदैनौं। घरबाट बाहिर निस्कनै दिँदैनौं। म निस्कन दिन्नँ।”
उनले निकै आक्रोशित भएर जवाफ दिएपछि केही पत्रकार, आन्दोलनमा घाइते तथा मृतकका आफन्त र अभियन्ताबीच विवाद सुरु भएकाे थियाे । त्यसपछि पत्रकार सम्मेलन नै बिथोलिएर कुटाकुट भयाे ।






