काठमाडौँ । नेकपा माओवादी केन्द्रले जेनजी पुस्ताको प्रदर्शनमा भएको आगजनी र तोडफोडमा पार्टीका कार्यकर्ताहरूको संलग्नता नरहेको दावी गरेको छ । आइतबार पार्टीका उपाध्यक्ष अग्नि सापकोटाले प्रेस विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।
उनले आधारहीन हल्ला फैलाएर पार्टी तथा आन्दोलनलाई कमजोर बनाउनेप्रति सचेत रहँदै यस प्रकारका दुष्प्रचारबाट भ्रममा नपर्न आग्रह समेत गरिएको छ ।

उल्लेखित गतिविधिमा पार्टीसँग सम्बन्धित कोही कसैको संलग्नता देखिए कडा भन्दा कडा कारबाही गर्न तयार रहेको उल्लेख गर्दै तथ्य र प्रमाण फेला परे सख्त कारबाही गर्न सरकारसमक्ष आग्रह समेत गरेको छ ।







