काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई नियुक्त गरेका छन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले आइतबार वरिष्ठ अधिवक्ता भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गरेको हो ।
भण्डारी नेपालको पहिलो महिला महान्यायाधिवक्तासमेत बनेकी छिन् । पहिलो महिला प्रधानमन्त्रीको इतिहास रचेकी कार्कीले महान्यायाधिवक्तामा पनि महिला नै नियुक्त गरेकी हुन्।

आजै महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिएका थिए । नवनियुक्त महान्यायाधिवक्ता भण्डारी सूचना आयोगकी पूर्वआयुक्त पनि हुन्।






