काठमाडौं । रामकुमारी झाँक्रीले एकीकृत समाजवादी पार्टी सँगको यात्रा टुंगिएको बताएकी छन् ।
आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एकीकृत समाजवादीकी संस्थापक नेता समेत रहेकी झाँक्रीले पार्टी विघटनमा गएको र आफूहरुको यात्रा पनि टुंगिएको बताएकी हुन् ।

आज आफ्ना धारणा सार्वजनिक गर्ने क्रममा आयोजित पत्रकार सम्मेलनमा झाँक्रीले नेकपा एमालेसँग अलग भएर एकीकृत समाजवादी गठन गर्दैगर्दा अभियान भयंकर हुने लागेको तर त्यो सम्भावना समाप्त भएको बताइन् ।
‘नेकपा एकीकृत समाजवादी निर्माणका प्रारम्भका दिनहरुमा हामी एउटा भयंकर नै अभियान चल्छ भन्ने विश्वासका साथ लागेका थियौं । त्यो अब समाप्त भएको छ,’ उनले भनिन्, ‘हाम्रो समाजवादी पार्टीसँगको यात्रा, त्यो पार्टी विघटनसँगसँगै टुंगियो ।’






