काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सञ्चारमन्त्रीमा जगदीश खरेलको नाम सिफारिस गरेकी छिन् ।
उनले आइतबार राष्ट्रपति समक्ष खरेलको नाम सिफारिस गरेकी हुन् । नाम सिफारिस गरेसँगै खरेल सन्चार मन्त्री बन्ने पक्का भएको हो।

पत्रकार खरेल इमेज टिभीका समाचार प्रमुख थिए । दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता गरिरहेका खरेलले त्रिभूवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर गरेका छन् । उनी अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विषयमा विद्यावारिधी गरिरहेका छन् ।






