काठमाडौं । रामेछापमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. कृष्णहरि बुढाथोकी विजयी भएका छन्।

२४ हजार ८०८ मत ल्याएर बुढाथोकीले जित हात पारेका हुन्। बुढाथोकी ७ हजार एक सय ९९ मतान्तर सहित विजयी भएका हुन् ।
उनका प्रतिस्पर्धी एमालेका माधवप्रसाद ढुङ्गेलले १७ हजार ६०९ मत ल्याए।
तेस्रो स्थानमा रहेका कांग्रेसका रामचन्द्र खड्काले १६ हजार ३०७ मत पाउँदा नेकपामा श्यामकुमार श्रेष्ठले १३ हजार ३५४ मत पाएका छन्।






