काठमाडौ । IME Life Insurance Company Limited, Gatthaghar Branch की Star Agency Manager निस्मा राई ले बीमा क्षेत्रमा प्रवेश गरेको छोटो समयमै अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित उपाधि 2026 MDRT (Million Dollar Round Table) हासिल गर्दै उल्लेखनीय सफलता प्राप्त गरेकी छन्।

उहाँको यो उपलब्धि निरन्तर मेहनत, अनुशासन, स्पष्ट लक्ष्य र उत्कृष्ट नेतृत्व क्षमताको प्रतिफल हो। छोटो समयमै यस्तो उच्च उपलब्धि हासिल गर्नुले Gatthaghar Branch को व्यवसायिक क्षमता, प्रशिक्षण प्रणाली र सकारात्मक कार्य संस्कृतिलाई स्पष्ट रूपमा उजागर गरेको छ।
यस अवसरमा Gatthaghar Branch का शाखा प्रमुख श्री सागर कटुवाल ले खुशी व्यक्त गर्दै भन्नुभयो—
“निस्मा राईको यो सफलता Gatthaghar Branch परिवारका लागि अत्यन्त गर्वको विषय हो। छोटो समयमै MDRT जस्तो अन्तर्राष्ट्रिय स्तरको उपलब्धि हासिल गर्नु उहाँको कडा मेहनत, अनुशासन र नेतृत्व क्षमताको प्रत्यक्ष प्रमाण हो। उहाँको यो उपलब्धिले हाम्रो टिमका नयाँ अभिकर्ता तथा व्यवस्थापकहरूलाई अझ ठूलो लक्ष्य राखेर अघि बढ्न प्रेरणा दिनेछ भन्ने विश्वास लिएको छु।”
Gatthaghar Branch परिवारले Star Agency Manager निस्मा राई को यो गौरवपूर्ण सफलताप्रति हार्दिक बधाई व्यक्त गर्दै आगामी दिनहरूमा अझ उच्च उपलब्धिहरू हासिल गर्नु हुनेछ भन्ने शुभकामना प्रकट गरेको छ।






