काठमाडौ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुमा लफडा शुरु भएको छ ।

गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनको क्रममा अनेरास्ववियुको अध्यक्ष सुजन कडेरियाले पदबाट राजिनामा दिएको जानकारी सामाजिक सन्जालमा राखेका थिए । अहिले उनै कडेरियाले अनेरास्ववियुको कार्यालयमा गएर आफू अनेरास्ववियुकै अध्यक्ष पदमा रहेकोे बताएका छन् ।
त्यस्तै अनेरास्ववियुकै एक नेता गगन सिंह बस्नेतले अनेरास्ववियु एउटा निति,नियम र विधि पद्धतिमा चल्ने संगठन भएको बताएका छन् ।
उनले अनेरास्ववियुको महासचिव दिपक धामीलाई इंगित गर्दै भने ,`हिजो अध्यक्ष भनेर प्रचार गर्ने मान्छे सरकारी टिम भन्दै महासचिवमा झर्ने अहिले अध्यक्ष चाहिने ?´
`नेतृत्व भन्ने चिज महाधिवेशन बाट परिवर्तन हुन्छ । अध्यक्ष चाहिए महाधिवेशन कुर्नुपर्छ नि,´- बस्नेतले भने ।
उनले अध्यक्ष पद खोज्नेहरुलाई महाधिवेशनमा जान चुनौति दिएका छन् । साथै उनले अनेरास्ववियुको अध्यक्ष सुजन कडेरिया नै रहने बताए ।






