काठमाडौं। नेकपा एमालेको संगठन विभागका सचिव माधव ढुंगेलले नयाँ पुस्तालाई व्यस्त बनाउन सहरका चोक-चोकमा साँझको समयमा कन्सर्ट गर्नुपर्ने बताएका छन् ।
एमाले युवा नेतासमेत रहेका उनले जारी दशौँ केन्द्रीय कमिटीको दोस्रो दिन(बिहीबार) ७ बुँदे सुझाव राखेका छन् ।

ढुंगेलले गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछि अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको अवस्थामा युवा पुस्तालाई भुलाउन उनले नयाँ तरिका सुझाएका हुन् । उनले भनेका छन्, ‘उनीहरूलाई व्यस्त बनाउन शहरका विभिन्न चोकहरूमा साँझ कन्सर्टहरूको आयोजना गर्नु पर्दछ ।’








