
रामेछाप । वडा दशैँ तथा शुभ दिपावलीको अवसरमा मन्थली नगरपालिका १० चनखुमा यसपटक पनि भलिबल प्रतियोगिता हुने भएको छ ।
लाङघाली सेवा समाजको आयोजनामा असोज १७ र १८ गते साविक वडा स्तरीय भलिबल प्रतियोगिता अन्तर्गत `चौथो वडाकप-२०८२´ हुन लागेको समाजको अध्यक्ष होम बहादुर थापा मगरले जानकारी दिए ।

चनखु वडा कार्यालयले आर्थिक वर्ष २०८२/०८३ को बजेटबाट खेलकुद शिर्षकमा छुट्याइएको २ लाख रकम बाट साविक वडास्तरिय पुरुष भलिबल प्रतियोगिता गर्न लागेको अध्यक्ष मगरले बताए ।

भलिबल प्रतियोगितामा प्रथम ,द्वितीय ,तृतीय र सान्त्वना हुनेलाई क्रमशः नगद रु.३०,०००।-,२०,०००।-,१०,०००।- को साथमा शिल्ड,मेडल र प्रमाणपत्र दिइने आयोजकले जनाएको छ ।
कार्यक्रमलाई ह्याङ्ला ह्युल सामुदायिक संस्थाले सहकार्य गरेको छ भने बिहानी पत्र डटकम मिडिया पार्टनरकाे रुपमा रहेकाे छ ।







