काठमाडौँ । नेपाल मोर्डन पेन्टाथलोन संघ बागमती प्रदेशको महासचिवमा पुनः रवि किरण खड्का निर्वाचित भएका छन् ।

आज(सनिवार) काठमाडौको लाजिम्पाट स्थित बुटिक होटलमा सम्पन्न अधिवेशनबाट खड्का महासचिवमा निर्वाचित भएका हुन् ।
कमल प्रसाद ढकालको अध्यक्षतामा १९ सदस्यीय कमिटी निर्वाचित भएको छ।
खड्का लामो समयदेखी खेलकुदको विभिन्न क्षेत्रमा महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्दै आइरहेका छन् । उनलेे खेलकुदमा भैरहेको राजनीतिकरण ,भ्रष्टाचार र मनोमानी रोक्नको लागि आफू पुनः महासचिवमा निर्वाचित भएको बताए ।
खेल संघमा गैर खेलाडी ,पार्टीका कार्यकर्ता भर्ती केन्द्र बनाउन नदिनु खड्काको मुख्य उदेश्य छ ।
पेन्ताथलोन ओलम्पिक स्क्वाडमा २ नम्बरमा भएतापनी नेपालमा भने भर्खर विस्तार हुँदै गइरहेको छ ।






