
काठमाडौ । नेपाल सर्भेयर्स एशोसियसनले ३५ औं वार्षिकोत्सब तथा सर्भेयर्स दिवस २०८२ को अवसरमा आयोजना गरेको विभिन्न खेलकुद कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ ।

बुधबार बानेश्वर स्थित नापी विभागको प्राङ्गणमा भुमी, व्यवस्था तथा गरीबी निवारण मन्त्री बलराम अधिकारीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको हो ।


कार्यक्रममा सर्भेयर्स दिवसको शुभकामना व्यक्त गर्दै नापी विभागका महानिर्देशक प्रकाश जोशीले कार्यक्रमको आयोजना गरेको एशोसियसनलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो – `सर्भेयरको महत्व अति रहेको छ । चाहे त्यो आन्तरिक सिमा नाप्न होस् वा चाहे सिमानको , चाहे खानेपानी विकासको होस् वा चाहे जुनसुकै होस् ।´

उँहाले सर्भेयरको भुमिका महत्त्वपूर्ण रहेको बताउँदै प्रविधिको विकास संगै नापिलाई पनि प्रविधिसंग जोडेर घरबाटै नक्सा निकाल्न मिल्ने व्यवस्था बनाएको पनि जानकारी दिनुभयो ।जोशीले नापी ऐन २०१९ कै रहेकोले हाल काम गर्न असहज भएको मन्त्रीलाई जानकारी गराउनुभयो । त्यस्तै उँहाले सर्भेयरबीच एकता हुन जरुरी रहेको र काममा पनि एकरुपता हुनुपर्ने कुरामा जोड दिनुभयो ।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बलराम अधिकारीले २०१९ को भुमि ऐनलाई संशोधन गरेर नयाँ ऐन ल्याउने तयारीमा मन्त्रालय रहेकोे बताउनुभयो । मन्त्री अधिकारीले नापीका केहि कर्मचारीहरु सरुवा बदुवाको कुरालाई पत्रपत्रिकामा छपाएर आफुलाई बदनाम गर्न लागिपरेको पनि सुनाउनुभयो । उँहाले सँधै एकै ठाउँमा बसेर सेवा गर्न नहुने कुरामा पनि जोड दिनुभयो ।

कार्यक्रमका सभाध्यक्ष एवम् आयोजक संस्थाका अध्यक्ष प्रकाश ओलीले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।

भलिबल खेल अन्तर्गत सुदुर पश्चिम नापी पेशाकर्मी समाज विजयी हुन सफल भएको एशोसियसनका सचिव तथा भलिबल खेल संयोजक अशोक कुमार रिमालले जानकारी दिनुभयो । उहाँको अनुसार सुनवल नगरपालिका टिम द्वितीय र सर्भेयर्स समाज रुकुम तृतीय हुन सफल भएको थियो । प्रथम ,द्वितीय र तृतीयलाई क्रमशः नगद ३० हजार ,२० हजार र १० हजारको साथमा शिल्ड,मेडल र प्रमाणपत्र वितरण गरिएको थियो । भलिबलमा गंघ बहादुर सहकारी उत्कृष्ट खेलाडी बन्न सफल भएका थिए ।

एशोसियसनले बुधबार रक्तदान कार्यक्रमको पनि आयोजना गरिएको थियो । रक्तदानमा सहभागीलाई प्रमाणपत्र दिएर सम्मान गरिएको आयोजकले जनाएको छ ।
यस्तै कार्यक्रममा नापी विभागका पुर्व महानिर्देशक बुद्धि नारायण श्रेष्ठ लगायतलाई दोसल्ला ओडाएर विषेश सम्मान गरिएको थियो ।

उनले नापी ऐन २०१९ कै रहेकोले हाल काम गर्न असहज भएको मन्त्रीलाई जानकारी गराए । त्यस्तै उनले सर्भेयरबीच एकता हुन जरुरी रहेको र काममा पनि एकरुपता हुनुपर्ने कुरामा जोड दिए ।

कार्यक्रममा विभिन्न खेल विधामा उत्कृष्ट प्रदर्शन गर्दै जित हाँसिल गर्न सफल खेलाडीहरुलाई नगदसहित मेडल, ट्रफी र सम्मान पत्र प्रमुख अतिथिको रूपमा उपस्थित मन्त्री अधिकारी ,नापी विभाग महानिर्देशक प्रकाश जोशी , एशोसियसनका अध्यक्ष प्रकाश ओली लगायतका अन्य अतिथिहरुले खादा लगाएर सम्मान गरिएको थियो ।

एशोसियसनले भदौ १५ गतेदेखि भलिबल सहित ब्याडमिन्टन ,फुटबल , हाजिरी जवाफ र सर्भे साहित्य प्रतियोगिताको सन्चालन गरेको थियो ।






