काठमाडौ । नेकपा एमालेका नेता तथा बागमती प्रदेश सरकारका पर्यटन उद्योग विकास समिति सभापति आनन्द कुमार श्रेष्ठले सरकारी गाडीको नम्बर प्लेट परिवर्तन गरेको पाइएको छ ।

सांसद श्रेष्ठले सेतो नम्बर प्लेटको सरकारी गाडीलाई नम्बर प्लेट परिवर्तन गरी चलाएको घटना सार्वजनिक भएको हो ।
यस विषयमा बुझ्न सांसद श्रेष्ठलाई सम्पर्क गर्दा उनले नम्बर प्लेट परिवर्तन गरेको स्विकारेका छन् ।`जेन-जी आन्दोलनको क्रममा सुरक्षालाई मध्येनजर गरी नम्बर प्लेट परिवर्तन गरिएको थियो,´ उनले भने -`बागमती प्रदेश सभाका पदाधिकारी जो हुनुहुन्छ । उहाँहरु सबैसँग सल्लाह भएर त्यो बेला परिवर्तन गर्यौँ । अहिले त सरकारी प्लेट नै छ ।´
उनले पुरानो तस्वीरलाई प्रयोग गरेर अहिले नकारात्मक रूपमा प्रचारको गरेको बताए । `अहिले नम्बर प्लेट परिवर्तन भैसकेको छ । त्यो बेला एक हप्ता जति त्यसरी चलायौँ । अहिले हाम्रै केही साथीहरूले भ्रम फैलाउन लागि परे,´ -सांसद श्रेष्ठले भने ।
उनले सरकारी साधनको दुरुपयोग गर्न नहुनेमा सचेत रहेको बताउँदै गलत कार्य आफुबाट नहुने समेत बताएका छन् ।
गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनमा सरकारी भवन र साधनमाथि सबैभन्दा बढी आक्रमण गरिएको थियो ।
सांसद श्रेष्ठ नेकपा एमाले रामेछाप जिल्ला कमिटीको निवर्तमान अध्यक्ष समेत हुन् ।







1 Comment
https://shorturl.fm/yYxir