काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले आफूले राजीनामा दिन लागेको कुरामा सत्यता नरहेको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै उनले आफू तीन मन्त्रालयको जिम्मेवारीमा रहेको र निरन्तर काम गरिरहेको पनि उल्लेख गरेका छन् ।

‘पदबाट राजीनामा दिनका लागेको भन्ने समाचारमा सत्यता नरहेको प्रष्ट पार्न चाहान्छु’ उनलेका भनेका छन्,’जेन(जी पुस्ताको ऐतिहासिक आन्दोलनपछि विषम परिस्थितिमा बनेको यो सरकार जनताको आशा र विश्वास पूरा गर्न प्रतिबद्ध छ । तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै, म निरन्तर रूपमा आन्दोलनले दिएको जनादेश र विश्वास पूरा गर्न क्रियाशील छु ।’






