काठमाडौं । दुर्गा प्रसाईंले अन्तरिम सरकारका दुई मन्त्रीहरूमाथि गम्भीर आरोप लगाएका छन् ।
ऊर्जा, भौतिक र शहरी विकास मन्त्रालयको जिम्मेवारीमा रहेका कुलमान घिसिङ र सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलमाथि उनले एमसीसी पास गर्न र वकालत गर्ने विषयमा भूमिका खेलेको आरोप लगाएका हुन् ।

मंगलबार एक पत्रकार सम्मेलन आयोजना गर्दै उनले नवनियुक्त मन्त्रीद्वय घिसिङले एमसीसी र एमसीए ल्याएको र त्यसको पक्षमा सञ्चारमन्त्री खरेल, रास्वपा उपसभापति स्वर्णिम वाग्ले लगायतले वकालत गरेको आरोप लगाए ।
‘कुलमान घिसिङलाई तपाईंहरू भगवान देख्नुहुन्छ, एमसीसी र एमसीए ल्याउने मान्छे नै कुलमान घिसिङ हो । बुझ्नुभयो । एमसीसी पास गराउने, कुलमान घिसिङ हुन् । त्यसको वकालत गर्ने जगदिश खरेल, स्वर्णिम वाग्लेहरू,’ उनको आरोप छ ।
‘एमसीए भनेको चाहीँ आर्मी भित्र्याउने चाहीँ कुलमान घिसिङहरू हुन् । अब छिट्टै अमेरिकन सेनाहरू आउँदैछन् यहाँ,’ प्रसाईंले भने, ‘अनि मैले भन्थे नि, अमेरिकन सेनाले आएपछि चीनले रकेट हान्छ, अनि समाउनु हातले । मुलुकलाई युक्रेन बनाए कि बनाएनन् रु मुलुकलाई सोमालिया बनाएकी बनाएनन् ?यस्तो पवित्र भूमिलाई ।’






