मन्थली । हुलाक सेवा विभागले मन्थलीमा हुलाक सेवा सम्बन्धि स्थानीय तह,सन्चारकर्मी र विद्यार्थीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे छ ।

आइतबार भएको अन्तरक्रिया कार्यक्रममा हुलाक सेवा विभागका प्रमुख लिलाराज पाैडेलले हुलाक सेवा विभाग र जिल्ला हुलाक कार्यालयकाे काम र कर्तब्यका बारेमा जानकारी दिएका थिए ।
कार्यक्रमका अवसरमा सहभागिहरूले जिल्ला हुलाक कार्यालय मार्फत चिठिपत्र ओसारपसार र वितरण प्रक्रियामा हुने गरेकाे ढिलाई, कुरियर सेवा सँग हुलाक सेवा ले गर्न नसकेकाे प्रतिस्पर्धा लगाएत हुलाककाे कमि कमजाेरीका बारेमा जिज्ञासा राखेका थिए । ती सबै जिज्ञासाकाे वारेमा निर्देशक पाैडेलले जवाफ दिइएको थियाे ।






