काठमाडौं । गायक सौगात जंग थापा र मेलीना राईको आवाजमा ‘हाेनी रेशम ‘ बाेलकाे गीत सार्वजनिक भएकाे छ ।
पुष्प सुनुवारकाे शब्दमा रहेकाे गीतमा गायक थापाले नै संगीत भरेका छन् । विशाल निराैलाले एरेन्ज गरेकाे गीतलाई रञ्जन राईले रेकर्ड गरेका हुन् ।

युवराज खत्रीकाे सम्पादन र निर्देशनमा निर्माण भएकाे भिडियाेलाई सुमन कार्कीले खिचेका हुन् भने सुरेश पाण्डेकाे काेरियाेग्राफी रहेकाे छ ।
माेडल आयुव केसी र सीर्जना सिंह ठकुरीकाे सुन्दर अभिनय रहेकाे भिडियाे एक्सन फिल्मस् प्रालीले निर्माण गरेकाे हाे ।






