काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री बन्ने भएका छन् ।
आइतबार प्रधानमन्त्री कार्कीले पुनलाई शिक्षा मन्त्रीका लागि राष्ट्रपति रामचन्द्र पौडेलले समक्ष नाम सिफारिस गरेकी हुन् ।

राष्ट्रिय आविष्कार केन्द्रको स्थापना, रोजगारी सिर्जना, नवप्रवर्तनका क्षेत्रमा गरेका अनुकरणीय कामले पुन परिचित छन् ।






