काठमाडौं । ‘उज्यालो नेपाल अभियान’ घोषणा गरेका कुलमान घिसिङले बेथिति र केही सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध जेन जीले गर्न लागेको प्रदर्शनमा ऐक्यबद्धता जनाएका छन् ।
घिसिङले सामाजिक सञ्जाल फेसबुकमार्फत जेन जीले सोमबार निकाल्ने जुलुसमा ऐक्यबद्धता जनाएका हुन् ।

‘सरकारले कही सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको बिरोधमा जेन जी पुस्ताले भोलि निकाल्ने जुलुसमा उज्यालो नेपाल अभियानकोतर्फबाट ऐक्यवद्धता व्यक्त गर्दछौं,’ घिसिङले उल्लेख गरेका छन् ।






