काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले नेपाल प्रहरीका बहालवाला र अवकाशप्राप्त प्रहरी कर्मचारीहरूका लागि किरियापुत्री भवन बनाउने निर्णय गरेका छन् ।
आज कार्यभार सम्हालेसँगै बसेको नीति निर्माण समिति (पीसीसी) को बैठकले यस्तो निर्णय गरेको प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

उनका अनुसार, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जको नाममा रहेको जग्गामा किरिया पुत्री भवन बनाउने निर्णय भएको हो ।
उक्त कार्य प्रदेशस्तरमा पनि विस्तार गर्ने निर्णय भएको उनले बताए ।






