काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य गगन थापाले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय गलत भएको बताएका छन् ।
बिहीबार सरकारले कानुनबमोजिम दर्ता प्रक्रियामा नआएका सञ्जालहरुलाई बन्द गर्ने निर्णय गरेको थियो । उक्त निर्णयको महामन्त्री थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत विरोध गरेका हुन् ।

उनले सामाजिक सञ्जाल सुरक्षित बनाउन, दुरुपयोग रोक्न र नियमन गर्नको लागि सम्बन्धित कानुनलाई छिटो निर्माणमा तदारुकता देखाउन समेत सरकारसँग आग्रह गरे ।






