काठमाडौँ । संयुक्त राज्य अमेरिकाले डिपोर्ट गरेका थप १९ जना नेपाली काठमाडौँ आइपुगेका छन्।
आज साँझ डिपोर्ट भएर नेपाल आउनेमा दुई महिला र १७ पुरुष छन् ।

उनीहरुलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले आवश्यक प्रक्रिया पूरा गरेर थप सोधपुछका लागि नेपाल प्रहरीलाई बुझाएको वरिष्ठ अध्यागमन अधिकृत अञ्जन न्यौपानेले जानकारी दिए ।
यसअघि अमेरिकाबाट विभिन्न चरणमा दुई सय १५ नेपाली डिपोर्ट भएर नेपाल आइसकेका छन्।






