काठमाडौँ । नेपाल पत्रकार महासंघले पत्रकार टेकमान शाक्यलाई धम्की दिने एमाले नेता महेश बस्नेतलगायतलाई कानुनी कार्वाही गर्न माग गरेको छ ।
महासंघले शनिबार एक विज्ञप्ति जारी गर्दै समाचारको विषयलाई लिएर शाक्यलाई बारम्बार धम्की आएको घटनाको आफूले निन्दा र भर्त्सना गरेको उल्लेख छ ।

‘प्रकाशित समाचारप्रति असहमति भए विधिसम्मत आफ्ना कुरा राख्न र पत्रकारलाई धम्की दिएर प्रेस स्वतन्त्रता हनन नगर्न महासंघ सम्बद्ध व्यक्तिहरूलाई सचेत गराउंदछ । साथै, पत्रकारलाई धम्की दिने कार्यमा संलग्नहरूलाई कानुनी कारबाही गर्न सम्बद्ध निकायसँग माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।







