काठमाडौं । गायक हरि पौड्याल र रोजिना बस्नेतको आवाजमा डान्सिङ गित ´फुलको बोटैमा` सार्वजनिक भएको छ ।
पुष्प सुनुवारको शब्द रचनालाइ गायक तथा सङ्गितकार सौगात जङ्ग थापाले सङ्गीत गरेका हुन् भने विशाल निरौलाको एरेन्ज रहेको छ । गायक हरी पौड्याललाइ भोइस अफ नेपाल बाट सिजन ५ बाट चर्चामा आएकी गायिका रोजिना बस्नेतले भोकलमा साथ दिएकी छन् ।

टिपिकल शब्द रचनामा तयार भएको गितलाइ सङ्गितकार थापाले उत्कृस्ट सङ्गीत गरेका छन् । बालाजुको स्टुडियोमा छायांकन गरेको भिडियोमा मोडल सुधिर श्रेस्ठ,बिना राउत जस्ता चर्चित कलाकारहरुको अभिनय रहेको छ। भिडियोको कोरियाग्राफर सुरेश पाण्डेले गरेका थिए ।
युवराज खत्रीको निर्देशनमा तयार भएको भिडियोलाइ सुजन श्रेस्ठले छायांकन गरेका हुन भने युवराज खत्रीले नै सम्पादन गरेका छन् ।






